धनगढी एफसीले गर्यो स्पेनिस गोलकिपर वालिद बिरोउलाई अनुबन्ध 

धनगढी एफसी
प्रकाशित : :

धनगढी : धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी खेलाडीका रुपमा स्पेनिस गोलकिपर वालिद बिरोउलाई अनुबन्ध गरेको छ ।

गोलकिपर वालिदले गत सिजन फिलिपिनो लिगको उपाधि जितेका थिए । उनले फिलिपिनो लिगमा सर्वाधिक क्लिन-सिट राख्दै काया एफसीलाई उपाधि दिलाएका थिए । वालिदले जिब्राल्टरको पहिलो श्रेणी, आइसल्याण्ड र मोरक्कोको दोस्रो श्रेणीको लिग समेत खेलिसकेका छन् ।

धनगढीले वालिदलाई चौंथो विदेशी खेलाडीको रुपमा टोलीमा अनुबन्ध गरेको हो । यसअघि धनगढीले मोरोक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनी, नाइजेरियन स्टार अफिज ओलोवाले र लेबनानी स्टार फरवार्ड अहमद हिजाजीलाई समेत क्लबमा अनुबन्ध गरिसकेको छ । ओलोवाले र हिजाजीले अघिल्लो सिजन धनगढीबाटै खेलेका थिए ।

क्रितिशरत्न छुन्जु मार्की प्लेयर रहेको धनगढीमा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप पौडेल, रामचन्द्र वाजी, प्रशान्त लक्षम, रोहन खड्की, अमृत श्रेष्ठ, हरिष राज भट्ट, सन्तोष महत र अशोक खवास खेलाडीका रुपमा रहेका छन् ।

यस्तै धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराईसकेका छन् ।
नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढी एफसीका ब्रान्ड एम्बेसडर रहेका छन् । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट