धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो

धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो
प्रकाशित : :

धनगढी : धनगढी एफसीले नेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ । धनगढी एफसीले आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुने फ्रेन्चाईज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग एनएसएल तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको हो ।

उनले विभिन्न देशहरुको लिगमा आफ्नो छाप छो्न सफल भएका छन् । नेपालमा आएर फुटबल खेल्ने उनी पहिलो ब्राजिलियन खेलाडी हुन् । सर्जियो बार्बोजाले ब्राजिलको फ्लामेङ्गो यू–२० टोलीबाट खेलिसकेका छन् । उनले कोस्टारिकाको प्रिमेरा डिभिजन क्लब लिमोन एफसी, ग्वाटेमालाको कम्युनिकासियोनेस बी टोली, हन्डुरासको जुतीकाल्पा एफसी, लाओसको मास्टर ७ एफसी, कम्बोडियाको प्रेह खान रिच स्वाई रिएङ एफसी माल्टाको जेइटुन कोरिन्थियन्स एफसी, संयुक्त राज्य अमेरिकाको नोना एफसीबाट खेलिसको छन् ।

छिमेकी देश भारतबाट विभिन्न क्लबबाट पनि उनले व्यवसायिक फुटबल खेलिसको छन् । उनले भारतको मिनर्भा पञ्जाब एफसी, दिल्ली एफसी र राजस्थान युनाइटेड एफसीबाट ईन्डियन सुपल लिग खेलिसकेको अनुभव छ ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले भने, –‘हामी सर्जियो बार्बोजालाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं । उनको अनुभव र कौशलताले हाम्रो टोलीलाई बलियो बनाउनेछ र समर्थकहरूलाई रोमाञ्चक खेल प्रदर्शन गर्नेछ ।’
धनगढी एफसीले यसअघि विदेशी खेलाडीको रुपमा अहमद हिजाजी, अफिज ओलावाले, वालिद विररौ र मोहमद एल जाओआनीलाई अनुबन्ध गरिसकेका छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट