शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित

प्रकाशित : :

धनगढी : कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ । सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।

समिति सभापति अम्मरबहादुर थापाले विधेयक समितिबाट पारित भएको जानकारी दिए । ‘समितिबाट पारित गर्‍यौं । अब प्रतिनिधि सभामा जान्छ । सभाले पारित गर्न बाँकी छ’, सभापति थापाले भने ।

विधेयकलाई समितिको प्रतिवेदनसहित छिट्टै सदनमा लैजाने उनले बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट