हेर्न जाने हैन त ? फिल्म ‘डोरी’ नेपालभरका सिनेमा हलहरूमा आजबाट प्रदर्शनमा

हेर्न जाने हैन त ? फिल्म ‘डोरी’ नेपालभरका सिनेमा हलहरूमा आजबाट प्रदर्शनमा
प्रकाशित : :

धनगढीः आज एक मात्र नेपाली फिल्म ‘डोरी’ नेपालभरका सिनेमा हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शोसहित यो फिल्म रिलिज भएको हो । यस सँगै फिल्म ‘डोरी’ धनगढीको एसटीएस सिनेमा हल तथा नेपालभरका सिनेमा हलहरूमा आजबाट हेर्न पाईने छ ।

‘डोरी’ लाई केन्द्रीय फिल्म जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ, जसकारण यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् ।

फिल्मका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रण गरी ‘डोरी’ तयार भएको बताए । लामाले फिल्मको कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने भएकाले दर्शकले यसमा अपनत्व महसुस गर्ने विश्वास व्यक्त गरे ।

‘डोरी’ को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट