क्याम्पस स्तरीय निबन्ध प्रतियोगितामा एसपीए कलेजका छात्र प्रथम र छात्रा तृतीय

'वनस्पतिको सम्भार, सुख र समृद्धिको आधार' भन्ने शीर्षकमा आयोजित उक्त प्रतियोगिता वनस्पति विभागको ६५ औँ वार्षिकोत्सव तथा १६ औँ वनस्पति दिवस २०८१ बुधवार सम्पन्न भएको थियो।
प्रकाशित : :

धनगढी: वनस्पति अनुसन्धान केन्द्र, धनगढी कैलालीको आयोजनामा सम्पन्न क्याम्पस स्तरीय निबन्ध प्रतियोगितामा एसपीए कलेजका छात्र लोकेश साउँदले प्रथम स्थान हासिल गरेका छन् भने छात्रा अमिषा ओझाले तृतीय स्थान प्राप्त गरेकी छन्।

‘वनस्पतिको सम्भार, सुख र समृद्धिको आधार’ भन्ने शीर्षकमा आयोजित उक्त प्रतियोगिता वनस्पति विभागको ६५ औँ वार्षिकोत्सव तथा १६ औँ वनस्पति दिवस २०८१ बुधवार सम्पन्न भएको थियो। सो कार्यक्रम अन्तर्गत सरसफाइ अभियानसमेत सञ्चालन गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए। प्रथम हुनेलाई ७,००० रुपैयाँ र तृतीय हुनेलाई ३,००० रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रमले वनस्पतिको संरक्षण र संवर्द्धन प्रति युवा पुस्ताको चासो अभिवृद्धि गराउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

साथै, यस अवसरमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) तथा कलेज परिवारले विद्यार्थीहरूको लगनशीलता र सफलतामा हर्षित हुँदै बधाई ज्ञापन तथा उत्तरोत्तर प्रगतिको कामना गरेका  छन् । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट