नयाँ वर्ष २०८२ को स्वागतमा ‘नयाँ तरङ्ग नववर्ष उत्सव’ धनगढीको रुबस होटेलमा हुने

प्रकाशित : :

धनगढी : सुदूरपश्चिमको सांगीतिक र सांस्कृतिक माहोललाई उजागर गर्ने उद्देश्यले युक्तीत प्रोडक्सनले आगामी नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा ‘नयाँ तरङ्ग नववर्ष उत्सव’ आयोजना गर्ने भएको छ। “सपना नयाँ, सफलता नयाँ” भन्ने थिममा आधारित यो सांगीतिक र पारिवारिक कार्यक्रम चैत ३१ गते साँझ ६:०० बजे देखि मध्यराति १२:०० बजेसम्म धनगढी उपमहानगरपालिका–२ स्थित रुबस होटलमा आयोजना हुनेछ।

सन् २०५४ मा स्थापना भएको सांगीतिक संस्था संगीत सौगातमा आवद्ध युवाहरु ले सञ्चालन गरेको सो सस्थाको बाल विङ्ग युक्तीतले आयोजना गर्न लागेको यो कार्यक्रम नेपाली नयाँ वर्षलाई संगीत, नृत्य र सामुदायिक सहभागितामार्फत हर्षोल्लासका साथ मनाउने/स्वागत गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा द भोईस अफ नेपालका उत्कृष्ट १० मा पर्नसफल प्रतिस्पर्धी तथा सुदूरपश्चिमका गायक आशीष चापागाईंको मुख्य प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्। साथै, Band Soch, Fusion Mokshya, कमल रेग्मी, बिक्रम पार्की, बोब द बिल्डर को विशेष प्रस्तुति रहनेछ।

युक्तीत संस्था सांस्कृतिक संरक्षण र सृजनशीलताको प्रवर्द्धनमा क्रियाशील छ। संस्थाका संरक्षक नरेन्द्र राज रेग्मी जो एक प्रख्यात देउडा गायक, संगीतकार तथा सम्मानित राष्ट्रिय कलाकार हुन्, संस्थालाई अगाडि बढाइरहेका छन्। उहाँका “चैर मुसि चैर”, “लाई हेल कालो टीजको” जस्ता लोकप्रिय गीतहरूले नेपाली सांगीतिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेका छन्।

यस कार्यक्रममार्फत सुदूरपश्चिमको समृद्ध सांगीतिक सम्पदा प्रवर्द्धन गर्नुका साथै स्थानीय कलाकारहरूको उत्थान गर्ने उद्देश्य राखिएको छ।

सांस्कृतिक गर्व, पारिवारिक रमाइलो र नयाँ वर्षप्रतिको सकारात्मक ऊर्जा प्रदान गर्ने लक्ष्यसहित आयोजना हुन लागेको ‘नयाँ तरङ्ग नववर्ष उत्सव’ सबै उमेर समूहका लागि खुला सामूहिक उत्सव हुनेछ।

धेरैथोरैका लागि नभई सबैका लागि भन्ने भावना बोकेको यो कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई हार्दिक आमन्त्रण गरेका छन्।
भने कार्यक्रममा प्रवेश गर्नको लाग्गी रु १०,००० को टिकेट जोडि तथा परिवारको लागि र एकल ब्यक्तिको लागि १,५०० को टिकेट अनिवार्य गरिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट