धनगढी : धनगढीमा अवस्थित चैतन्य पाठशालाले “कला संस्कृति हाम्रो पहिचान, मौलिकता हाम्रो शान” भन्ने नाराका साथ चौथो चैतन्य कला संस्कृति उत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
नववर्ष २०८२ को अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथि थिइन् भने पीटीए अध्यक्ष ईश्वर गिरीको सभापतित्व रहेको थियो। कार्यक्रममा देउडा गायिका गौरी भट्ट, लोकगायिका निर्मला कार्की, हुकम देउवा, सुरेन्द्र संगमलगायत कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।
राज्यमन्त्री खड्काले चैतन्य पाठशालाको प्रयासले कला संस्कृति संरक्षण र विद्यार्थीको सामाजिकिकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताइन्।
कार्यक्रममा पत्रकार, अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।