धादिङका विशेष सिलवाल राष्ट्रिय युवा पर्यटन सञ्जालको केन्द्रिय सदस्यमा नियुक्त

धादिङका विशेष सिलवाल राष्ट्रिय युवा पर्यटन सञ्जालको केन्द्रिय सदस्यमा नियुक्त
प्रकाशित : :

धादिङ: बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ निवासी तथा परिवर्तनका लागि युवा संस्था (Youth for Change Organization) का बोर्ड सदस्य, सामाजिक अभियन्ता विशेष सिलवाल राष्ट्रिय युवा परिषद् अन्तर्गत रहेको राष्ट्रिय युवा पर्यटन सञ्जालको केन्द्रिय सदस्यमा नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा क्रियाशील सो सञ्जालले पर्यटन क्षेत्रको प्रवर्द्धनमा युवाको सहभागिता सुनिश्चित गर्दै राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

सिलवाल विद्यार्थी जिवनकाल देखिनै सामाजिक जागरण, युवा सशक्तिकरण र स्थानीय पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय रूपमा लागिरहेका छन्। उनी परिवर्तनका लागि युवा संस्था मार्फत शिक्षा, स्वास्थ्य, वातावरण र नेतृत्व विकासमा क्रियाशील छन्।

नियुक्तिसँगै उनले राष्ट्रको समग्र पर्यटन नीतिमा युवाको आवाज पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। “स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका युवालाई एकताबद्ध गर्दै पर्यटनलाई समृद्धिको आधार बनाउने दिशामा काम गर्नेछु,” – उनले सञ्चारकर्मीहरूसँग भने।

उनको नियुक्तिलाई लिएर धादिङका स्थानीयवासी, युवाहरु तथा सामाजिक क्षेत्रका अगुवाहरुले शुभकामना व्यक्त गरेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट