निरज पन्त – प्राचीन समयमा हाम्रो समाज मातृसत्तात्मक थियो । घरको निर्णयदेखि पुरूषलाई कुन काममा कहाँ खटाउने भन्ने अधिकार समेत महिलाकै हातमा हुन्थ्यो ।
पुरूषहरू शिकार गर्न वा नोकरी गर्न टाढा-टाढा पुग्थे । पहिलोपटक हलो जोती अन्न फलाउने पनि महिलाहरू नै थिए । तर पछि क्रमशः महिलाहरू शारीरिक रूपमा कमजोर हुँदै गए । निरन्तर कठिन श्रमले बांझोपनसमेत देखिन थाल्यो ।
त्यसपछि उनीहरूले आफूलाई घरेलु श्रममा मात्र सिमित राख्दै पुरुषलाई बाहिरको काम र आफुले घरको काम सम्हाल्ने गरि आफुलाई आफ्नो प्रकृति अनुकुल सौन्दर्यतिर केन्द्रित गरे र पुरूषकै नाममा श्रृंगार गर्न थाले, महिलाहरू संस्कारकि जननी हुन्, जति धेरै घरमा समय दिन सक्यो त्यति घर सु-संस्कारले भरिपुर्ण हुन्छ भन्ने कुरालाई ध्यानमा राख्दै अघि बढियो जसले समाजलाई पितृसत्तात्मक बनायो ।
इन्द्रले पनि धर्तिको जिम्मेवारी मष्टोकि बहिनी अर्थात आफ्नी छोरीलाई नै दिएका हुन् त्यहिपनी सोचेर बुझेर ९ बहिनी भुवानिले त्यो जिम्मेवारी १२ भाइ मष्टोलाई दिए, यसरी हाम्रो सभ्यता अघाडी बढेको हो। यही परम्परा र स्मरणसँग जोडिएको पवित्र महिना हो — साउन ।
साउने संक्रान्तिको सबैलाई हार्दिक शुभकामना !





