शंखमूलमा सौन्दर्य र आत्मनिर्भरताको नयाँ अध्याय — मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमीको भव्य सुरुवात

सौन्दर्य केवल देखिने कुरामात्र होइन, यो आत्मविश्वास, आत्मनिर्भरता र प्रतिभाको अभिव्यक्तिसमेत हो। यिनै मूल्यलाई आत्मसात गर्दै मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर ले शंखमूल, काठमाडौंमा आफ्नो औपचारिक यात्रा सुरु गरेको छ।

प्रकाशित : :

सौन्दर्य केवल देखिने कुरामात्र होइन, यो आत्मविश्वास, आत्मनिर्भरता र प्रतिभाको अभिव्यक्तिसमेत हो। यिनै मूल्यलाई आत्मसात गर्दै मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी तथा मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर ले शंखमूल, काठमाडौंमा आफ्नो औपचारिक यात्रा सुरु गरेको छ।

एक भव्य समारोहबीच सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली संगीत, चलचित्र र डिजिटल मिडियाका चर्चित नामहरूको उपस्थिति देखिन्थ्यो।
लोकप्रिय गायिका अन्जु पन्त, चर्चित नायिका निता ढुंगाना, टिकटक स्टार मिस पवि, मोडेल तथा अभिनेत्री झरना रिसाल, मोडेल सन्ध्या घतानी लगायतका विशिष्ट पाहुनाहरूको उपस्थिति यस अवसरलाई अझ विशेष बनायो।

कार्यक्रमको विशेष आकर्षणमा रहनु भएकी केन्द्रकी सञ्चालिका गीता गिरीले आफ्नो मन्तव्यमा भनिन्:

“मायाज केवल सौन्दर्य सेवा दिने थलो होइन, यो आत्मनिर्भर बन्ने थलो हो। यहाँ सीप सिकिन्छ, आत्मबल बढाइन्छ र भविष्यको बाटो बनाइन्छ।”

मायाज ब्यूटी पार्लरले सौन्दर्य सेवा मात्र होइन, तालिममार्फत महिला तथा युवाहरूलार्इ स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ। आधुनिक उपकरण, व्यावसायिक प्रशिक्षकहरू र आत्मीय सेवाले ग्राहकहरूको विश्वास जित्ने विश्वास सञ्चालिका गिरीको छ।

कार्यक्रममा सहभागी कलाकार तथा अतिथिहरूले मायाजको यो नयाँ सुरुवातलाई ‘सौन्दर्यसँगै सशक्तिकरणको अभियान’ भन्दै शुभकामना व्यक्त गरे।

शहरको मुटुमा सौन्दर्य, सीप र सम्भावनाको संगम बन्न आइपुगेको मायाज अब सौन्दर्य सेवा मात्र होइन, सपना पुरा गर्ने स्थानको रुपमा परिचित हुने अपेक्षा गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट