धनगढीः भारतको चण्डीगढबाट स्वदेश फर्किंदै गरेका बझाङका एक १८ वर्षीय युवक सम्पर्क विहीन भएका छन्। बुंगल नगरपालिका–३, सनकाट्य निवासी लक्ष्मण बहादुर धामी गत बिहीबार बिहान ६ः३० बजे गड्डाचौकी नाका हुँदै महेन्द्रनगरतर्फ आउँदै गर्दा बेपत्ता भएका हुन्।
उनका आफन्त हिक्मत बहादुर धामीका अनुसार लक्ष्मणलाई एक अपरिचित व्यक्तिले मोटरसाइकलमा महेन्द्रनगरसम्म पु¥याइदिने बताउँदै सँगै लगेका थिए । तर सो पश्चात् लक्ष्मण अहिले सम्म पनि सम्पर्कमा नआएको र अहिलेसम्म परिवारले कुनै जानकारी प्राप्त गर्न नसकेको बताएका छन्।
गहुँगोरो वर्ण र सुस्त स्वभाव भएका लक्ष्मणको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी चौकी वा आफन्त हिक्मत बहादुर धामीको मोबाइल नम्बर ९८४८५५५९३५ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
साथै सिमा नाकामा हुने सम्भावित अप्ठ्यारो, जोखीमलाई ध्यानमा राख्दै परिवारले सबैलाई सहयोग गरिदिन अपिल गरेका छन्।





