बडीमालिकामा दर्शनार्थीको भीड बढ्यो

बडीमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो । यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् ।
प्रकाशित : :

धनगढी : बाजुराको प्रसिद्ध धार्मिक स्थल बडीमालिकामा दर्शनार्थीको भीड लागेको छ । जनैपुर्णिमाको अवसर पारी दर्शन गर्ने दर्शनार्थीको शुक्रबार बडीमालिकामा भीड लागेको हो ।

साउन शुक्ल चतुर्दशीमा लाग्ने मेला तथा विशेष पूजाका लागि देशभरका तीर्थयात्रीहरू बिहानैदेखि बडिमालिका पुगेका छन् । डोटी, जुम्ला, कालिकोट, धनगढी लगायतका जिल्लाबाट पेटारा सहितको सरकारी टोली पनि पूजाका लागि बडिमालिका पुगेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए ।

पूजाआराधना शान्तिपूर्ण ढंगले सञ्चालन भईरहेको उनले बताए । मेलाको व्यवस्थापन तथा सुरक्षा लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब १०० जना सुरक्षाकर्मी खटिएका छन् । हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने बडिमालिका मेलामा भारतको उत्तर प्रदेश लगायत देशका विभिन्न जिल्ला र प्रदेशबाट ठूलो संख्यामा दर्शनार्थी सहभागी हुने गरेका छन् । धार्मिक विश्वास अनुसार बडिमालिकामा पूजाआराधना गरेमा मनोकामना पूरा हुने मानिन्छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट