धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले ‘धनगढी हरियो वडा’ कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले एकैदिन १५ हजार बिरुवा बितरण गर्दै हरियो वडा कार्यक्रम सम्पन्न गरेको हो । हरियो वडा अभियानको राष्ट्रीय सभा सदस्य एबम नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले उदघाटन गरेका थिए ।
वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीको सभापतित्वमा भएको कार्यक्रममा एक घर दुई बिरुवा बितरण गरिएको छ । वडा नम्बर ५ मा रहेका बिभिन्न टोल बिकास सस्था मार्फत मोरिंगा र आपको बिरुवा बितरण गरिएको वडा सदस्य दत्तुराम पाण्डेयले बताए ।
बिरुवा नपाउने घरधुरीलाई टोल बिकास मार्फत सिफारिस लिएर आए वडा कार्यालयबाट उपलब्ध गराउने वडा अध्यक्ष शाहीले बताए ।
त्यस्तै सोहि अवसरमा ५ नम्बर वडाका बासिन्दा रक्तदाता दीपक उपाध्याय, धार्मिक अभियन्ता नरेन्द्र शाह र सरसफाई अभियन्ता लाल बहादुर खडकालाई सम्मान गरिएको थियो ।





