मिलवाकी : अमेरिकाको मिल्वाकीमा यही सेप्टेम्बर ६ तारिखका दिन ‘सोलफुल यूएसए यात्रा’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ।
गौरा समाज विस्कन्सिनका सदस्य डिल्ली राज फुलाराका अनुसार कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित गायक तथा संगीतकार एड्रियन प्रधान, लोकप्रिय गायक महेश काफ्ले र चर्चित गायिका अस्मिता अधिकारी को सांगीतिक प्रस्तुति रहने छ।
एड्रियन प्रधानका छुदैन, हिड्दा हिड्दै, बिर्सेर मलाई, सारा खुसी, नसम्झ लगायतका गितहरु लोकपृय छन् भने महेश काफ्लेका माया बिरानी, नाच फिरिरी, तातो गोली र र अस्मिता अधिकारीका तिमी मेरो हौ, राधा कृष्ण, मायाको फेरी, किन पाए, पवित्र माया र फेरीयो थर मेरो लगायतका गितहरु श्रोता दर्शक माझ लोकपृय छन् ।
उक्त कार्यक्रम साँझ ४ बजेदेखि ९ बजेसम्म मिलवाकी स्थित मिलवाकी स्टिट क्राउन प्लाजामा आयोजना हुनेछ। यो विशेष कार्यक्रममा ओनेष्ट रियल स्टेटले प्रायोजन गरेको छ भने जुनो बैंकिङ्ग बियोण्ड बोर्डर्स टुर स्पन्सरको रूपमा रहनेछ। कार्यक्रममा व्यवस्थापनको जिम्मेवारी थ्रि ई इन्टरटेनमेन्टले लिएको छ।
आयोजकहरूले कार्यक्रमलाई सफल पार्न स्थानीय समुदायसँग सहकार्य गरिरहेको र स्पन्सर तथा थप जानकारीका लागि बासुदेव जोशी (मिल्वाकी), हरि बी अधिकारी (एप्लेटोन), लोकराज भट्ट (ग्रिन बे) र गोविन्द फुलारालाई सम्पर्क गर्न सकिने जनाएका छन्।
यस किसिमका सांगीतिक कार्यक्रमहरू अमेरिकामा रहेका नेपाली समुदायका लागि केवल मनोरञ्जन मात्र नभई संस्कृति, परम्परा र आपसी सम्बन्धलाई जोगाउने माध्यम पनि मानिन्छ।
विशेष गरी तीज जस्ता चाडपर्व विदेशमा बसोबास गर्ने नेपाली महिलाहरूका लागि आत्मीयता र आपसी भेटघाटको अवसर बनाउने गर्छ।
यसरी आयोजित सांगीतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली गीत–संगीत र संस्कृतिसँग जोड्ने मात्र नभई परदेशमा नेपालीपन जगेर्ना गर्ने उद्देश्य बोकेको आयोजकहरूको भनाइ छ।







You must be logged in to post a comment.