एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। सोमबार बिहान फिल्मका दुई पोस्टर सार्वजनिक गरिएका हो।
सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ। सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ल, सन्तोष पन्तलाई देख्न सकिन्छ।
एक पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देकिन्छ। छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन्। यसैगरि, दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ।





