पृष्ठभूमि : प्रेम बहादुर धामीको जन्म वि.सं. २०४७ साल असोज १६ गते अछाम जिल्ला, साबिक बैजनाथ गाविस–५, कालीमाटीमा भएको हो। उहाँको बाल्यकाल र प्रारम्भिक शिक्षादीक्षा अछाममै बितेको हो। वि.सं. २०६३ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाको खोजीमा धनगढीको यात्रा सुरु गर्नुभयो।

वि.सं. २०६४/६५ मा प्रवीणता तह (सर्भे इन्जिनियर) अध्ययनसँगै वि.सं. २०६६ सालमा धनगढी नगर विकास समितिमा सर्भेयरका रूपमा एक वर्षे कार्य अनुभव लिनुभयो। त्यसपछि वि.सं. २०६८ सालमा रोजगारीका सिलसिलामा युएई र कतारतर्फको यात्रा गर्नुभयो। एक वर्षे वैदेशिक अनुभवपछि स्वदेश फर्केर उद्यमशीलताको बाटो समात्नुभयो।
व्यावसायिक यात्रा:
वैदेशिक रोजगारीबाट फर्किएपछि प्रेम बहादुर धामीले वि.सं. २०६९ सालमा धनगढीस्थित नवजीवन अस्पतालमा क्यान्टिन सञ्चालन गर्दै आफ्नो उद्यमशील यात्राको सुरुवात गर्नुभयो। यही अनुभवले उहाँलाई व्यवसायमै भविष्य खोज्न प्रेरित गर्यो।
व्यवसाय विस्तारको क्रममा वडा नं. २ मा सुदूरपश्चिम कटेज एण्ड रेस्टुरेन्ट सञ्चालन गर्दै, त्यससँगै मासु पसल पनि सुरु गर्नुभयो। स्थानीय माग र उपभोक्ताको रोजाइलाई बुझ्दै उहाँले निरन्तर नयाँ–नयाँ क्षेत्रतर्फ व्यवसाय विस्तार गर्नुभयो।
मदिरा व्यवसाय यात्रा:

व्यवसायको अनुभव सँगै आवश्यकताका रूपमा मदिरा अनिवार्य देखी सकेपश्चात् २०७० सालमा मदिरा व्यवसायमा प्रवेश गरी हाल यस संस्थाको अध्यक्षका रूपमा कार्यरत रहनुभएको छ ।

वि.सं. २०७५ मा आइसक्रिम उत्पादनको काम सुरु गर्दै बजारमा प्रवेश गर्नुभयो। यसपछि वि.सं. २०७७ मा डेरी उद्योग स्थापना सहित दुग्धजन्य वस्तुहरूको उत्पादन, प्रशोधन र प्याकिङ गरेर बिक्री वितरणको कार्य थाल्नुभयो। यसले कृषकसँग प्रत्यक्ष सहकार्य गर्दै दही, मही, पनिर, चिज, बटरजस्ता उत्पादनलाई बजारसम्म पुर्याउने मार्ग खुल्यो।

वि.सं. २०८० मा उहाँले मासुजन्य परिकार ससेज, नगेट्स लगायतका विभिन्न मासुजन्य पदार्थ उत्पादनलाई फ्रोजन खाद्यका रूपमा उत्पादन तथा बिक्री वितरण सुरु गर्नुभयो। यसका लागि कोल्ड रुम सञ्चालन गर्दै थप फ्रोजन बस्तुहरूको उत्पादनमा पनि हात हाल्नुभएको छ।

त्यससँगै, डेरीसम्बन्धी नयाँ उपकरण आयात गरेर सुदूरपश्चिमका अन्य दुग्ध व्यवसायी र स्टार्टअपहरूलाई प्रविधिमा पहुँच दिलाउँदै सहकार्य गर्दै आउनुभएको छ।
कृषि उत्पादन:
उहाँले कृषि उत्पादनलाई पनि बजारसँग जोड्ने काम गर्नुभएको छ। हरियो मटर, मकै, आलुजस्ता उत्पादनलाई चिस्यान केन्द्र (कोल्ड स्टोर) मा भण्डारण गरी प्रशोधन गर्दै उपभोक्तासम्म पुर्याउने कार्यमा धामीको सक्रियता उल्लेखनीय छ। कृषि उत्पादनलाई कोल्ड स्टोरमा भण्डारण, प्रशोधन र वितरण गर्दै कृषकलाई बजारसँग जोड्ने कार्यमा सक्रिय हुनुहुन्छ।

आयात–निर्यात:
डेरी तथा कृषि उद्योगका लागि आवश्यक उपकरण र कच्चा पदार्थ आयात गर्दै उद्यमशीलतालाई सबल बनाउन योगदान दिइरहनुभएको छ।
संस्थागत आविद्धता:
अध्यक्ष : मदिरा व्यवसायी संघ, कैलाली
सदस्य : नेपाल डेरी एसोसिएसन, सुदूरपश्चिम प्रदेश
सदस्य : फ्लन फारवेष्ट नेपाल
रोजगारी सिर्जना:
धामीले सुरु गर्नुभएको विभिन्न उद्योग तथा व्यवसायमार्फत हाल प्रत्यक्ष २५ जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा ५० जनाभन्दा बढीले काम गर्ने अवसर पाएका छन्।
निष्कर्ष:
ग्रामीण भेग अछामबाट सुरु भएको प्रेम बहादुर धामीको जीवन यात्रा वैदेशिक रोजगारी हुँदै उद्यमशीलताको बाटोमा निरन्तर अघि बढेको छ। कृषकलाई बजारसँग जोड्ने, स्थानीय उत्पादनलाई मूल्य अभिवृद्धि गर्ने र स्वदेशमै नयाँ अवसर सिर्जना गर्ने उहाँको प्रयास सुदूरपश्चिम प्रदेशमा उद्यमशीलताको बलियो उदाहरण बनेको छ।
वि.सं. २०६१ सालमै कक्षा ९ पढ्दादेखि नै बाल अधिकार सरोकार मञ्चमा सक्रिय भई दुई वर्ष योगदान दिनु, भित्ते पात्रो प्रकाशनमा संलग्न हुनु र बाल्यकालमै नेतृत्व क्षमता देखाउनु उहाँको भविष्यको संकेत थियो । यही नेतृत्व र उद्यमशील सोचले गर्दा आज उहाँ विभिन्न व्यापार–व्यवसायमा योगदान पुर्याइरहनुभएको छ। यही कारणले एसपीए कलेज धनगढी, नागरिक बचत सहकारी संस्था लिमिटेड लगायतका संघ–संस्थाले उहाँलाई सम्मान समेत प्रदान गरेका छन्।

उहाँको यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई सुदूरपश्चिमकै लागि प्रेरणाको स्रोत हो। कृषकसँग हातेमालो गर्दै, युवालाई रोजगारी सिर्जना गर्दै र उद्यमशीलतालाई बलियो बनाउँदै प्रेम बहादुर धामीले देखाउनुभएको दृष्टि र नेतृत्व क्षमता नै उहाँलाई सबैको भरोसायोग्य उम्मेदवार बनाउने प्रमुख आधार हो।

विगतदेखि नै विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका धामीले अहिले कैलाली उद्योग वाणिज्य संघ, धनगढी को ५१ औँ साधारण सभा तथा चुनावी अधिवेशनमा (रुपेश स्वार प्यानल) बाट सदस्य पदको उम्मेदवारका रूपमा उभिनुभएको छ । न्यु पि.डी. ट्रेडर्स, पि.डी. ट्रेडिङ हाउस, शानदार एग्रो फुड प्रोसेसिङ प्रा.लि. र मष्टामी डेरी एण्ड बेकरी उद्योगमार्फत आर्जित अनुभव र विश्वासलाई अझ सबल बनाउन आफू सँगै सम्पूर्ण व्यवशायीहरुको हितमा हातेमालो गर्दै काम गर्न मौका दिने अबको जिम्मेवारी उद्यमी तथा व्यवसायी समुदायकै हातमा रहेको उहाँको भनाइ छ।
त्यसैले, सम्पूर्ण उद्यमी तथा व्यवसायी महानुभावहरूसमक्ष धामीले आफ्नो अमूल्य मत दिई विजयी बनाउन हार्दिक अनुरोध गर्नुभएको छ।
ठेगाना: धनगढी, कैलाली
सम्पर्क: ९८५८४२४४७५






You must be logged in to post a comment.