मेटाका प्रतिनिधिद्वारा मन्त्रीका विज्ञ सल्लाहकार सँग दर्ता गर्न कागजातको विवरण माग

फेसबुक
प्रकाशित : :

काठमाडौं : फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।

‘पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ,’ उनले भने, ’हामीले त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिंदै इमेल गरेका छौं ।’

सरकारले क्रमश: लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ । यो सँगै सामाजिक सञ्जाल यतिबेला तरंगित बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट