जेन–जी आन्दोलनमा भएको नरसंहारबारे बोल्यो संयुक्त राष्ट्रसंघ

जेन–जी आन्दोलनमा भएको नरसंहारबारे बोल्यो संयुक्त राष्ट्रसंघ
प्रकाशित : :

काठमाडौँ । नेपालमा सोमबार भएको प्रदर्शन र त्यसलाई दवाउन राज्यले गरेको दमनबारे संयुक्त राष्ट्रसंघीय मानव अधिकारले आफ्नो धराणा राखेको छ । केही समयअघि भिडियो वब्तव्य सार्वजनिक गर्दै प्रदर्शनकारीहरूको मृत्यु र घाइतेबारे स्तब्ध भएका बताएको छ । 

संयुक्त राष्ट्रसंघीय मानव अधिकारकी प्रवक्ता रभिना शामदसानीलले  वक्तब्यमा सुरक्षा निकायहरूले भ्रष्टाचारविरुद्ध र हालैको सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा युवाग्रुपहरूले आयोजना गरेका प्रदर्शनहरूमा अनावश्यक वा असंगत बल प्रयोग गरिएको गम्भीर र चिन्ताजनक आरोपहरू प्राप्त गरेको जनाएकी छिन् ।

‘हामी अधिकारीहरुलाई शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आह्वान गर्दछौँ। सबै सुरक्षा निकायहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीद्वारा बल र हतियारको प्रयोगसम्बन्धी आधारभूत सिद्धान्तहरूको पालना गर्नैपर्छ।’ वक्तवयमा भनिएको छ । 

नेपाल एक जीवन्त लोकतन्त्र र सक्रिय नागरिक क्षेत्र भएको र युवाहरूका चिन्ता सम्बोधन गर्न संवाद नै सर्वोत्तम उपाय भएको भन्दै सामाजिक सञ्जाल नियमन गर्ने उपायहरूलाई पुनर्विचार गर्न आग्रह गरेको छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट