वार्ता गर्नुअघि संसद् विघटन हुनुपर्ने बालेन शाहको माग

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 
प्रकाशित : :

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गर्नुपर्ने माग अघि सारेका छन् । 

जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै बालेनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह पनि गरेका छन् । 

‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो’, बालेनले भनेका छन्,‘प्रिय जेनजी तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!’

उनले देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति भएको भन्दै तपाईँ–हामी अब संयमित हुनु जरुरी रहेको बताएका छन् ।

‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ’,बालेनले भनेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट