जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो, हजार बढी घाइते

प्रकाशित : :

काठमाडौं : जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । आन्दोलनका क्रममा घाइते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्दोलनमा एक हजार ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै ४ सय ३६ जना घाइतेहरू ल्याइएको निजामती अस्पतालबाट ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै १ सय ६१ जना ल्याइएको ट्रमा सेन्टरमा ५८ जना उपचाररत रहेका छन् । ८ जनाको मत्यु भइसकेको छ । उता भेरी अस्पताल नेपालगञजमा २८ जना उपचारका लागि आएका थिए । जसमा ५ जनाको मृत्यु भएको छ ।

घाइतेहरू ल्याइएका अन्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, फ्रन्टलाइन अस्पतालमा ३, शिक्षण अस्पतालमा १, केएमसीमा २ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार घाइतेहरूको विभिन्न २८ वटा अस्पतालमा उपचार भइरहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट