पुर्चौडी नगरपालिकाको स्काभेटरमा अज्ञात समूहद्वारा आगजनी, मेसिन पूर्णरूपमा नष्ट

प्रकाशित : :

पुर्चौडि नगरपालिका को स्काइभेरमा आगजनी
बैतडी को पुर्चौडि नगरपालिकाको स्काभेटर मेसिन आगजनी भएको छ |
पालिकाको वार्ड न ७ रतोका गाउको ढोल्यामोड देखि पुर्चौडि हाट जोड्ने मुख्य सडक किनारमा राखिएको पुर्चौडी नगर पालिका को स्काभेटर मा बिहिबार राति अज्ञात समुहले आगजनी गर्दा स्काभेटर पुर्ण रुपमा क्षति भएको नगर प्रवक्ता तथा वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्र बम ले बताए ।

इलाका प्रहरी कार्यालय पुर्घाटका इन्चार्ज जनक ब. बिष्टका अनुसार मेसिन‌ पुर्ण रुपमा जलेको छ भने किन र कसले जलायो अज्ञात रहेको छ।
स्थानीय हरुले राति सम्पर्क गर्न नसके पछि आज बिहान जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय पुर्घाटलाई जानकारी दिएका थिए ।
सामुन्ने मै रहेको ठेकेदारको मेसिन‌ मा भने कुनै आगजनी क्षति नपुगेको र घटना बारे थप अनुसंधान भैरहेको इन्चार्ज बिष्टले बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

67%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

सम्बन्धित कन्टेन्ट