धनगढी : नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै धनगढीका मेयर गोपाल हमालले सरकारलाई तत्कालै जिम्मेवारीपूर्ण कदम चाल्न आग्रह गरेका छन्। मेयर हमालले शनिबार एक भिडियो बक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् ।
मेयर हमालले भने, “अब चाँडै जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिहरूको वास्तविक विवरण सार्वजनिक गर्नुपर्छ। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिई तुरुन्त व्यवस्था गर्नुपर्छ।”
उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “भ्रष्टाचारको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ। भ्रष्टाचारमार्फत आर्जन गरिएको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ।”
प्रधानमन्त्री बनेकी कार्कीप्रति बधाई ज्ञापन गर्दै मेयर हमालले जनताको विश्वास जित्ने गरी सरकार अघि बढ्नुपर्नेमा जोड दिए।
नेपालको पहिलो महिला प्रधानमन्त्री सम्माननिय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु साथै अब चाँडो जेन्जी आन्दोलनमा सहिद भएका व्यक्तिहरू वास्तविक बिवरण र घाईते भएका व्यक्तिहरूको उपचार गरियोस र विवरण सार्वजनिक गरियोस । भ्रष्ट्राचारको छानविन गरि अपराधीलाई कार्वाही होस । भ्रष्टाचार गरेको सम्पत्ति राष्ट्रियकरण गरियोस ।
बाकी भिडियोमा:





