जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार

प्रकाशित : :

३ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३ र सुधारगृह तर्फ ६२२ गरी ८ हजार ३५७ कैदीबन्दी अझै फरार रहेको विभागले बताएको छ ।

देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट गरी १४ हजार ५५५ कैदीबन्दी भागेका थिए । जसमा कारागारबाट १३ हजार ५९१ र बाल सुधार गृहबाट ९६४ जना भागेका थिए ।

ती मध्ये अहिलेसम्म कारागारतर्फ ५ हजार ८३८ र बाल सुधारगृहतर्फ ३४१ गरी ६ हजार १७९ कैदीबन्दी फिर्ता आएको विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए ।
२४ गते साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ र बाल सुधार गृहतर्फ १ हजार ४२२ गरी ३० हजार ६३४ कैदीबन्दी थिए।

जसमध्ये कारागारतर्फ १५ हजार १५८ र बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ कैदीबन्दी भने भागेका थिएनन् ।

भाग्न खोज्नेलाई नेपाली सेनाले नियन्त्रण लिने क्रममा कैदीतर्फ ५ र बाल सुधार गृहतर्फ ५ गरी १ जनाको मृत्यु समेत भएको थियो।

मृत्यु हुनेमा रामेछाप कारागारका ३ जना र धादिङ कारागारका २ जना थिए । नौबस्ता बाल सुधार गृहका ५ जनाको पनि मृत्यु भएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट