खरेल, सिन्हा, पुन, परियार र मिश्रा मन्त्री नियुक्त, मन्त्रिपरिषद् ९ सदस्यीय

खरेल, सिन्हा, पुन, परियार र मिश्रा मन्त्री नियुक्त, मन्त्रिपरिषद् ९ सदस्यीय
प्रकाशित : :

काठमाडौँ : प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले रातोपाटीलाई बतायो ।

राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ जना नियुक्त भएसँगै ९ सदस्यीय बनेको हो।

स्रोतका अनुसार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट