वडा अध्यक्ष कुँवरद्वारा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका १६२ जनालाई आफ्नो तलब भत्ता वितरण 

वडा अध्यक्ष कुँवरद्वारा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका १६२ जनालाई आफ्नो तलब भत्ता वितरण 
प्रकाशित : :

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं १ मा घटस्थापनाको दिन सोमबार एका बिहानै भेला भएका ज्येष्ठ नागरिकहरूको भिडमा उमेरले भिजाएको अनुहारमा अलग्गै खुसी देखिएको थियो।

उमेरले  ७८ नाघ्नु भएकी जीवनको उत्तरार्धमा रहेकी र आर्थिक अवस्था पनि कमजोर हुँदा दसैँ कसरी मनाउने चिन्ताले सताइरहेको बेला घटस्थापनाको दिन पैसा पाए पछि हर्षित देखिएकी हुन ।

उनको मुहारमा दसैँको पूर्व सन्ध्यामा भीमदत्त नगरपालिका वडा नं १ का वडा अध्यक्ष अाषेफ कुँवर भुन्टुले आफूले वडा अध्यक्ष बापत पाउने तलब भत्ता वितरण गरेको रकम  पाएपछि त खुसीको सीमा थिएन । उनले भनिन ‘यस्तो अवस्थामा हामीलाई सम्झेर दसैँको बेलामा पैसा बाँड्ने अध्यक्ष कुँवरको भलो भई जाओस् ।’

उनी मात्र होइन अध्यक्ष कुँवर बाट अपाङ्गता भएका ३५ वर्षका रमेश दमाई ले पनि दसैँको मुखमा दसैँ खर्च पाए । शारीरिक अपाङ्गता रहेका उनलाई अध्यक्ष कुँवरले हातमा पैसा दिएपछि उनको पनि खुसीको सीमा थिएन ।

त्यस्तै गरी ९३ वर्षका जक चौधरी पनि उमेरले केही गर्न नसक्ने अवस्था छ दसैँको मुखमा पैसा पाएपछि ज्येष्ठ नागरिक र अपाङ्गता भएका सबै खुसी छन्  म पनि खुसी छु’ उनले भने । अध्यक्ष कुँवरले २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भए देखि आफूले पाउने तलब भत्ता स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गर्दै आएका छन्।

दोस्रो पटक पुनः अध्यक्षमा निर्वाचित भएका कुँवरले सो कार्यलाई निरन्तरता दिँदै आएको बताए। अध्यक्ष कुँवरले १६२ जना ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई तलब भत्ता वितरण गरेका हुन ।

उनको वडामा विकासलाई पर्यटन सँग जोडेर सडक सञ्जाल बिस्तार भएको तथा शिक्षा स्वास्थ्य खानेपानी लगायतका विभिन्न प्रकारका काम निरन्तर रूपमा गरिँदै आएको छ। उनी विकास निर्माण र सामाजिक कार्यमा सक्रिय रहँदै जनप्रतिनिधिहरू भ्रष्ट हुदैनन भन्ने उदाहरण बनेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट