धनगढी : ब्ल्याक स्टोन फिटनेस धनगढीले सुदूरपश्चिममा खेलकुद, फिटनेस र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ च्याम्पियनसिप २०८२ आयोजना गर्ने भएको छ।
यही असोज १० गते शुक्रवार ब्ल्याक स्टोन फिटनेस परिसरमा सम्पन्न हुने यस प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र युवामा शक्ति खेल (पावर स्पोर्टस्) प्रतिको आकर्षण बढाउने लक्ष्य लिएको छ।
ब्ल्याक स्टोन फिटनेसका सह–संस्थापक तथा प्रमुख प्रशिक्षक ज्ञानेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै यो प्रतियोगिता सुदूरपश्चिमकै ठुलो फिटनेस तथा पावर लिफ्टिङ प्रतियोगिता भएको बताए। उनले यसले स्थानीय खेलाडीलाई अवसर दिनुका साथै स्वस्थ समाज निर्माणमा समेत योगदान पुग्ने अपेक्षा व्यक्त गरे।

मुख्य आकर्षण र विधा:
प्रतियोगितामा विभिन्न तौल वर्ग र उमेर समूह का खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ: ६६ केजी मुनि, ६६ देखि ७४ केजी, ७४ देखि ८३ केजी र ८३ केजी भन्दा माथि।
महिलातर्फ: ५२ केजी मुनि, ५२–६३ केजी, ६३ केजी माथि।
विशेष विधा: विशेष आकर्षणका रूपमा ४० वर्षभन्दा माथिका पुरुष खेलाडीका लागि गेस्ट लिफ्टिङ विधा।
प्रवेश शुल्क: जम्मा रु. दुई सय मात्र
नगद पुरस्कार र सम्मान:
विजेता खेलाडीहरूका लागि आकर्षक नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ।
फार–वेस्ट स्ट्रङ्गेस्ट पुरुष र महिला पावरलिफ्टिङ विजेतालाई नगद रु. १०,००० र ट्रफी प्रदान गरिनेछ।
प्रत्येक ७ वटा तौल क्याटोगोरीका विजेता (प्रथम, द्वितीय, तृतीय) लाई क्रमशः रु. १०,०००, रु. ५,००० र रु. २,५०० नगदका साथै गोल्ड, सिल्भर, ब्रोनज मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
४० वर्षभन्दा माथिका गेस्ट लिफ्टरहरूलाई पनि प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन जम्मा रु. ८ लाख बढी खर्च हुने अनुमान गरिएको छ, जसका लागि विभिन्न प्रतिष्ठित संस्था तथा व्यापारिक घरानाहरूले सहयोग उपलब्ध गराएका छन्।

सहयोगी संस्थाहरू:
प्रतियोगितालाई सफल बनाउन एस.पी.ए. कलेज धनगढी (एकेडेमीक पार्टनर), खेल बजार (स्पोर्ट्सवेयर पार्टनर), ब्रेड बक्स – द बेकरी क्याफे (फुड एण्ड बेभरेज पार्टनर) र बी.वाई.डी. (ड्राइभन बाइ) लगायतका प्रायोजकहरूले सहयोग गरेका छन्।
यसका साथै, अफिसियल पार्टनरहरू मा एफ.आई.एम. इन्जिनियरिङ प्रा.लि., सी.पी. हस्पिटल, निशर्ग हस्पिटल, सोमानी टायल्स एण्ड बाथवेयर, डायमण्ड फिटनेस, धनगढी फिटनेस, वेस्टर्न फार्मेसी, क्रियटिभ पार्टनर फोर्टी टेन, स्क्रिनिङ पार्टनर सन ग्रुप, क्लोथिङ पार्टनर रोयल सुट हाउस, हेटेल जीयान, सरिता सम्झना कस्मेटीक, उमेस फीट्नेस, गोदावरी ट्ररेडीङ ग्रुप, एक्सटेप सुज, प्राईम टाईल्स, वइस्टर्न फार्मेसी, प्रिन्टिङ पार्टनर माइक्रो टेक प्रिन्टिङ हाउस लगायतका संस्थाहरू पनि अफिसियल तथा विभिन्न पार्टनरका रूपमा जोडिएका छन्।

ब्ल्याक स्टोन फिटनेसले यो प्रतियोगिताले सुदूरपश्चिमका युवालाई खेलतर्फ प्रेरित गर्ने, शक्ति खेलको महत्वबारे जागरण फैलाउने र खेलकुदमार्फत स्थानीय व्यवसाय र सामुदायिक एकता बढाउने विश्वास व्यक्त गरेको छ।







You must be logged in to post a comment.