स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

दघृटना
प्रकाशित : :

धनगढीः कैलालीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत धनगढी र गोदावरीको सीमामा सुपप्र ०१–०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना भएको हो।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका स्थायी घर भएर धनगढी उपमहानगरपालिका–५ तारानगर बस्दै आएका २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बम पुर्चौडी नगरपालिकाका मेयर दिपकबहादुर बमका छोरा हुन्।

स्कुटर चालक रहेका बम गम्भीर घाइते भई उपचारका लागि मायामेट्रो अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। सोही स्कुटरमा पछाडि सवार २६ वर्षीय सरोज बम घाइते भएका छन्।

उनको मायामेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट