एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : कैलालीमा रेग्मी

गृह मन्त्रालय
प्रकाशित : :

काठमाडौं : गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको एकसाथ सरुवा गरेको छ।

मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट र कपिलवस्तुसहितका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको हो।

सरूवाका क्रममा मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ तोकेको छ । अन्यलाई सरूवा गरेर नयाँ मुकाम तोकिएको छ ।

गृहले चीनसँग जोडिएको दोलखाका प्रजिअ भोला दाहाललाई भारतसँग जोडिएको पर्साको प्रजिअ बनाएर पठाएको छ।

उता सुस्ता पश्चिमका हिरालाल रेग्मीलाई सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीको प्रजिअ बनाएर पठाइएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई अध्यागमन कार्यालय गौतम बुद्ध विमानस्थलको प्रमुख बनाइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट