जेन–जी प्रतिनिधिहरूको माग, सुशासन र कारबाही, देश हामीले नै बनाउनुपर्छ: प्रधानमन्त्री कार्की

जेन–जी प्रतिनिधिहरूको माग, सुशासन र कारबाही, देश हामीले नै बनाउनुपर्छ: प्रधानमन्त्री कार्की
प्रकाशित : :

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर देश बनाउनुपर्ने बताएकी छन्। बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको छलफलको सुरुवात गर्दै उनले भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन। सबै विचारको आदानप्रदान गरौं। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौं।’

बैठकमा जेन–जीका तर्फबाट रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुंगाना, अमीत खनाल, रिजन रानामगर, सामना घर्ती, मोनिका, उपार्जुन चाम्लिङ, खेम साउँद, भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि), अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि), विवेक ढकाल र सागर ढकालले आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार जेन–जीका तर्फबाट बोल्ने क्रम लगभग सकिएको छ।

प्रतिनिधिहरूले चुनाव गर्नुपर्ने आवश्यकतामा सहमति जनाउँदै मात्र चुनाव गरेर नहुने बताउँदै सुशासन र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।
‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव–चुनाव भनेर मात्र हुँदैन,’ उनीहरूले भने, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो, भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’

बैठकमा प्रधानमन्त्री कार्कीले मुलुक बनाउन सबैको साथ र निरन्तर संवाद आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘आ–आफ्ना विचार राख्न म खुला गर्छु। सबैको योगदानबाट मात्रै देश अगाडि बढ्छ।’

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट