बिहानको शान्त घडीमा, जब घामको किरण सडक पेटिमा पर्छ, रङ्गीन फूलहरू हल्का हल्लिन्छन् र सहर हरियालीको ओढारमा हराउँछ।
धनगढी उप-महानगरपालिकाले सुरु गरेको अभियान, हाम्रोधनगढीहरियालीधनगढी। यस अन्तर्गत सडक छेउ र सार्वजनिक स्थानहरूमा बोटबिरुवा रोपिँदै आएका छन्।
वर्षौँदेखि फोहोर र तातो सडकले थिचिएको सहर, अब फुलको रङ र सुगन्धले सजिएको छ। यसले केवल आँखालाई होइन, मनलाई पनि शान्ति दिएको छ।
हामीले सडक पेटिका क्षेत्रमा फूल र छायाँ दिने बोटहरू रोपेका छौँ। यसले सहरलाई हराभरा त बनाउँछ नै, जनतामा पनि वातावरणप्रतिको चेतना बढाउँछ।

नगरपालिकाको अभियानसँगै स्थानीय बासिन्दाहरू पनि सक्रिय भएका छन्। आफ्नै घरअगाडि र टोलमा बोटबिरुवा रोप्ने लहर चलेको छ।
सडकमा अब फुलको रङ र माटोको सुवास मिसिएको छ। हावा चल्दा फूलहरू नाच्छन्, र मानिसहरूका अनुहारमा सन्तुष्टि झल्किन्छ।
“पहिले सडकमा धुलो मात्रै देखिन्थ्यो, अहिले फुलहरू फुलेको हेर्दा मन नै रमाउँछ। बिहान हिँड्दा हावा पनि फरक लाग्छ, सहर नै सफा र सुन्दर भएको महसुस हुन्छ।
सहरको सौन्दर्य भवन र बाटोमा मात्रै होइन, त्यसमा मिसिएको सोच र जिम्मेवारीमा हुन्छ। धनगढीले त्यो सोचलाई अब कर्ममा रूपान्तरण गरेको छ। हरेक बोट, हरेक फूल यही परिवर्तनको सन्देश बोकेको छ।
फूल र हरियालीले सहर लाई सुन्दर देखाउँछन्, तर त्यस सुन्दरता जोगाउने जिम्मा हाम्रो पनि हो। सडक पेटीमा फुलेका फूल तोड्नु साटो, तिनलाई बचाउन सिकौँ।

फोहोर फाल्ने ठाउँ सडक होइन, डस्टबिन हो भन्ने बिर्सनु हुँदैन। सहर सफा राख्ने काम सरकारको मात्र होइन, हरेक नागरिकको हो।
जिम्मेवार बन्दै, सहरलाई रङ्गिन र स्वच्छ राख्न, स–साना बानीहरूबाटै सुरु गरौँ।







You must be logged in to post a comment.