नेपाली संगीतका नक्षत्र गायक शिव परियारको स्वरले फेरि एकपटक चर्चा बटुल्न थालेको छ। यसपटक गजल गितका प्रयाय मानिने गायक परियारले शब्दकार किरण रिजालको गजल हर रातलाई आफ्नो मधुर स्वर दिएका छन ।
इन्जिनियर किरण रिजालको ‘हर रात’ गजल गीत सार्वजनिक भएको छ। यस अघि आँखा भरि र नजरका इशाराबाट चर्चा बटुल्न सफल रिजालले यसपटक हर रातको रचना गरेका हुन्।
सरकारी सेवामा रहेर पनि नेपाली साहित्य र संगीतलाई माया गर्ने रिजालले ‘हर रात’ लाई पनि दर्शकबाट माया र हौसला पाउने अपेक्षा गरेका छन् ।उक्त गजल RAY OF ART नामक यट्युब च्यानलमा सार्वजनिक गरिएको छ।
हर रातमा पुरुषोत्तम सुबेदिको संगीत रहेको छ। सरिता ढुंगाना र किरण रिजालको अभिनय रहेको उक्त गजल राज के सि.को निर्देशनमा तयार गरिएको हो ।
क्यामेरामा ज्ञानेन्द्र शर्माको टीमले राम्रो साथ दिई गजललाई भिडियो मार्फत दर्शकहरु माझ ल्याएको गीतका रचनाकार रिजालले बताएका छन् ।





