धनगढी : धनगढीमा अब नयाँ आकर्षण थपिएको छ। सहरको भिडभाड र कोलाहलबाट केही टाढा, हरियालीले ओढिएको शान्त परिवेशमा नेचुरा रिसोर्टले आफ्नो यात्रा सुरु गरेको छ।
प्रकृतिको काखमा विश्राम, स्वाद र सौन्दर्यको अनुभूति सबै एकै ठाउँमा पाउन सकिने नयाँ गन्तव्यका रुपमा अघि बढेको छ । नेचुरा रिसोर्ट।
यसअघि चिकेन स्टेसन’ का सञ्चालक रहेका मदन भट्टले धनगढी उपमहानगरपालिका–३, गुरुद्वारा मार्गमा करिब दश करोड रुपैयाँ लगानीमा ‘नेचुरा रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन्।
जग्गासहितको यस लगानीमा १५० जनासम्मको क्षमताको हल, पार्टी बार र ४५ जनालाई सेवा दिन सक्ने लजको व्यवस्था गरिएको छ।
भट्टका अनुसार, कर्पोरेट अतिथिहरूलाई ध्यानमा राख्दै विशेष सुविधा सहितका १७ वटा आधुनिक कोठा तयार गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश कुमार चन्दले नेचुरा रिसोर्ट अत्यन्तै प्राकृतिक र शान्त वातावरणमा बनेको भन्दै यसले धनगढीको होटेल पर्यटन व्यवसायमा नयाँ ऊर्जा थप्ने बताए।
उनका अनुसार, यस्तो सुविधा सम्पन्न रिसोर्टले भारतका उत्तराखण्ड र उत्तर प्रदेशबाट आउने पर्यटकलाई समेत आकर्षित गर्नेछ।
त्यस्तै, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेयले स्टार स्तरका होटेलहरूको सञ्चालन धनगढीका लागि सकारात्मक संकेत भएको बताए।
उनले राति दश बजेपछि पनि होटेल व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउन पहल भइरहेको जानकारी दिए।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले पनि स्टार स्तरका होटेलहरूको वृद्धि स्थानीय अर्थतन्त्रका लागि सानदार पक्ष भएको बताए।
उनका अनुसार, यस्तो लगानीले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने र स्थानीय युवालाई रोजगारीको अवसर दिनेछ।
https://www.facebook.com/reel/1137735111800518 शुरक्रबार एक समारोहका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा र होटेल व्यवसायी संघका अध्यक्ष केशवराज पाण्डेयले संयुक्त रूपमा रिसोर्टको उद्घाटन गरेका हुन्।







You must be logged in to post a comment.