ठमेलमा नयाँ पहिचान बनाउँदै सुदूरपश्चिमका ध्रुव खड्काको ‘ओएसिस क्लब’

ठमेलमा नयाँ पहिचान बनाउँदै सुदूरपश्चिमका ध्रुव खड्काको ‘ओएसिस क्लब’
प्रकाशित : :

काठमाडौं : ठमेलको रात्रीकालिन रंगीन संसारमा आजकल एक नाम निकै चर्चामा छ—‘ओएसिस क्लब’ । २०८१ साल चैत २२ गते पूर्वमन्त्री शेरबहादुर कुँवरले उद्घाटन गरेको यो क्लब छोटो समयमै काठमाडौंको मनोरञ्जन क्षेत्रको केन्द्रबिन्दु बन्न सफल भएको छ ।

काठमाडौं महानगरपालिका–२६, नरसिंहचोकमा अवस्थित यो नाइट क्लब अहिले युवाहरूको मनपर्ने गन्तव्य बनेको छ । यसको पछाडि छन् सुदूरपश्चिमको अछामका एक युवा उद्यमी ध्रुव खड्का ।

ध्रुव खड्का, अछामको चौरपाटी गाउँपालिका–४ पायलमा जन्मिएका हुन् । सुदूरपश्चिमको विकट गाउँबाट राजधानीसम्मको यात्रा केवल दूरीको नभई सपना र संघर्षको यात्राको कथा पनि हो ।

सानै उमेरमा काठमाडौं आएका उनले यहाँ आफ्नो पहिचान खोज्दै धेरै कठिनाइको सामना गरे । तर आज उनी ठमेलको चर्चित नाइट क्लबका सफल सञ्चालक मध्ये एक बनेका छन् ।

ओएसिस क्लब अहिले राजधानीका मनोरञ्जनप्रेमी युवाहरूको आकर्षण केन्द्र बनेको छ । खड्काको समूहले करिब तीन करोड रुपैयाँको लगानीमा क्लब सञ्चालनमा ल्याएको हो । आधुनिक प्रकाश र ध्वनि प्रणाली, सस्तो र सुलभ मूल्य, र ग्राहकमैत्री सेवा नै क्लबको मुख्य पहिचान बनेको छ ।

‘हामीले मनोरञ्जनलाई सबैका लागि सुलभ बनाउने सोचका साथ ओएसिस सुरु गरेका हौं,’ खड्काले भने, ‘ठमेलमा राम्रो वातावरण र सेवाको खोजी गर्ने युवाहरूको लागि यो क्लब नयाँ विकल्प हो ।’ उनले अहिले केही युवायुवतीलाई उक्त क्लबमा रोजगारसमेत दिएका छन् ।

ओएसिस क्लबले छोटो समयमै आफ्नो ब्रान्ड निर्माण गर्न सफल भएको छ । यहाँ दैनिक देश–विदेशका पर्यटक, युवा तथा कलाकारहरू आउँछन् । क्लबले स्थानीय संगीत र पश्चिमी धुनलाई सन्तुलित ढंगले मिश्रण गरेर फरक स्वाद दिएको छ ।

ध्रुव खड्काको व्यवसायिक यात्रा सुदूरपश्चिमका युवाहरूका लागि प्रेरणादायी कथा हो । सीमित अवसर र चुनौतीपूर्ण पृष्ठभूमिबाट काठमाडौंको प्रतिस्पर्धात्मक बजारमा आफूलाई स्थापित गर्नु सजिलो कुरा होइन ।

तर खड्काले आफ्नो लगन र योजनाबद्ध सोचका कारण यो सम्भव बनाए । उनले अझै पनि क्लबलाई व्यवस्थित बनाउँदै लैजाने सोच बनाएका छन् । पछिल्लो समय यहाँ सुदूरपश्चिमका युवायुवतीहरुको पनि मनोरञ्जनका लागि बाक्लो भीड लाग्ने गरेको छ ।

  • को हुन् ध्रुव खड्का ?

अछाम जिल्लाको चौरपाटी गाउँपालिका–४ पायल (काठेखेत) मा उनको जन्म भयो । चार भाइमध्ये साइला, ध्रुवको बाल्यकाल ग्रामीण भेगमा कठिनाइ र सीमित अवसरबीच बित्यो ।

प्रारम्भिक शिक्षा उनले आफ्नै गाउँस्थित वैद्यनाथ माध्यमिक विद्यालयबाट पूरा गरे । पारिवारिक अवस्था कमजोर भए पनि उनले कहिल्यै हिम्मत हारेनन् । सानै उमेरमा उनी निडर र चञ्चले स्वभावका थिए ।

सोही स्वभावले उनलाई गाउँमा बस्न दिएनन । सानो उमेरमै राजधानी काठमाडौं आएर जीवनलाई नयाँ दिशातर्फ मोड्ने निर्णय उनले लिए । राजधानीको भीडमा उनी सुरुवातमा संघर्षरत थिए—न बस्ने ठाउँ निश्चित, न स्थिर आयस्रोत ।

तर ती कठिन वर्षहरूले नै उनलाई धैर्य, आत्मविश्वास र योजनाबद्ध सोच सिकायो । यही संघर्षको यात्राले आज उनलाई ठमेलको एक चर्चित व्यवसायिक नामका रूपमा स्थापित गरेको छ ।

अहिले उनी आफू मात्रै स्वरोजगार छैनन् अन्यलाई युवाहरुलाई पनि जागिर दिने अवस्थामा पुगेका छन् । ध्रुव खड्काको सफलतामा केवल व्यवसायिक दृष्टि होइन, सुदूरपश्चिमका युवाहरूका लागि प्रेरणादायी सन्देश पनि छ ।

जहाँ अवसर सीमित छन्, त्यहाँबाट राजधानीको प्रतिस्पर्धात्मक बजारमा आफूलाई स्थापित गर्नु सजिलो कुरा होइन । तर ध्रुवले आफ्नो लगन, इमान र योजनाबद्ध सोचका कारण त्यो सम्भव बनाए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट