बैतडी : पुर्चौडी नगरपालिकाले विद्युत सेवाबाट वञ्चित रहेका वडाहरूमा विद्युत विस्तारको कार्य सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरण बैतडीको सहयोगमा नगरपालिकाको वडा नं. ८ मल्लादेहीमा ट्रान्सफर्मर जडान गरी विद्युत प्रवाह गरिएको वडा नं. १ का अध्यक्ष गणेश गडालले जानकारी दिए।
नगरपालिकाले बुधबारदेखि वडा नं. ३ न्वादेउ हुँदै वडा नं. ४ भटना र वडा नं. ५ कुवाकोटसम्म बिग्रिएका लाइन सुधार गर्दै बत्ती बाल्ने काम सुरु गर्ने जनाएको छ।
विद्युत विस्तार हुने स्थानहरूमा तार तथा पोल नजिक नजान र सावधानी अपनाउन नगरपालिकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।







You must be logged in to post a comment.