धनगढी : ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ नारासहित धनगढीमा जारी ड्रिमर्स कप २०८२ को दोस्रो दिन आज पाँच खेल सम्पन्न भएका छन्। धनगढी क्रिकेट एकेडेमी (डिसिए)मा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो खेलमा दुन एकेडेमी, डिपिएस, वात्सल्या विद्या निकेतन, वइस्टर्न क्रिस्टल र त्रिभुवन मा.वि विजयी भएका छन् ।
ड्रिमर्स कपको दोस्रो दिनको पहिलो तथा प्रतियोगिताको छैटौँ खेलमा दुन एकेडेमी र होलील्याण्ड एकेडेमी बिच प्रतिस्पर्धा भयो । टस जितेर होली ल्याण्ड एकेडेमीले बलिङ रोजेको थियो । दुन एकेडेमीले ६४ रनको लक्ष्य दिएको थियो । होलील्याण्ड एकेडेमीले लक्ष्य पच्छाउन नसक्दा दुन एकेडेमी ३१ रन ले जित हात पार्यो । भने दुन एकेडेमीका खेलाडी बिजय धामी ८ बलमा ११ रन र दुई ओभरको समाप्तिमा ३ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको सातौँ खेलमा सिद्धार्थ विद्या निकेतन र धनगढी प्रज्ञा सदन (डिपिएस) बिच प्रतिस्पर्धा भयो । टस जित्दै डिपिएसले बलिङ रोज्यो भने सिद्धार्थ विद्या निकेतनले ६१ रनको लक्ष दिएको थियो । ५ विकेटले डिपिएसले जित हात पार्यो । भने आफ्नो टिमलाई जित दिलाउन २ ओरको समाप्तिमा ४ रन खर्चिँदै ३ विकेट लिएका प्रशान्त बलायर प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, प्रतियोगिताको आठौँ खेलमा इमरेल्ड एकेडेमी र वात्सल्या विद्या निकेतन बिच प्रतिस्पर्धा भयो । जसमा टस जितेर ब्याटिङ रोजेको वात्सल्या विद्या निकेतनले इमरेल्ड एकेडेमीलाई ८८ रनको लक्ष्य दियो । यद्धपी ४४ रनमै अल आउट गर्दै ४३ रनको फराकिलो अन्तरले इमरेल्डलाई हराउँदै वात्सल्या विद्या निकेतन विजयी भयो । उक्त खेलमा आफ्नो टिमलाई जिताउन दुई ओभरमा ४ रन खर्चेर ४ विकेट लिएका एन्स राना प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको नवौँ खेलमा वइस्टर्न क्रिस्टल र डिस्कोभरी स्कुल बिच प्रतिस्पर्धा भयो । वइस्टर्न क्रिस्टल ब्याटिङ गर्दै ८६ रनको लक्ष्य दिएको थियो डिस्कोभरी स्कुललाई । ५७ रनमा अल आउट भयो डिस्कोभरी र २९ रनको अन्तरले वइस्टर्न क्रिस्टल विजयी भयो । भने आफ्नो टिमलाई जित दिलाउन १५ बलमा ३० रन दिलाउन सफल अस्मीत बोहरा प्लेयर द म्याच घोषित भए ।
र आजै भएको प्रतियोगिताको दसौँ खेलमा त्रिभुवन मा.वि र अपि विद्या निकेतन बिच प्रतिस्पर्धा भयो । पहिले ब्याटिङ गरेको त्रिभुवन मा.विले अपिलाई ५६ रनको लक्ष्य दियो । लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको अपिले ५४ रनमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै २ रनको अन्तरले हार व्यहोर्नु पर्यो । भने त्रिभुवनका भुपेस भट्ट प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटलले साथ दिएका छन् ।





