धनगढी: ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ नारासहित क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को तेस्रो दिन पनि पाँच खेल सम्पन्न भएका छन्। धनगढी क्रिकेट एकेडेमी (डिसिए)को खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बाल क्रिकेटरहरूको रोमाञ्चक खेल कौशल देख्न सकिन्छ ।
ड्रिमर्स कपको तेस्रो दिनको पहिलो तथा प्रतियोगिताको एघारौँ खेलमा होलील्याण्ड स्कुल र वइस्टर्न क्रिस्टल एकेडेमी बिच प्रतिस्पर्धा भयो । टस जितेर वइस्टर्न क्रिस्टल एकेडेमीले ब्याटिङ रोज्दै होलील्याण्ड स्कुललाई ९८ रनको लक्ष्य दिएको थियो । भने वइस्टर्न क्रिस्टल एकेडेमी ३१ रनको अन्तरले विजयी भयो । आफ्नो टिमलाई जित दिलाउन वइस्टर्न क्रिस्टल एकेडेमीका खेलाडी कपिल जोशी ३५ बलमा ४९ रन आर्जन गर्दै खेलको प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको बाह्रौ खेलमा सिद्धार्थ विद्या निकेतन र चैतन्य पाठशाला बिच प्रतिस्पर्धा भयो । टस जित्दै सिद्धार्थ विद्या निकेतनले बलिङ रोज्यो भने सिद्धार्थलाई चैतन्यले ७४ रनको लक्ष दिएको थियो । सिद्धार्थले लक्ष्य भेट्टाउन नसक्दा चैतन्यले १२ रनको अन्तरले जित हात पार्यो । भने आफ्नो टिमलाई जित दिलाउन २ ओभरको समाप्तिमा ६ रन खर्चिँदै ३ विकेट लिएका मीनिस बोगटी प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, प्रतियोगिताको तेह्रौँ खेलमा धनगढी प्रज्ञा सदन (डिपिएस) र वात्सल्या विद्या निकेतन बिच प्रतिस्पर्धा भयो । जसमा डिपिएसले टस जितेर बलिङ रोजेको थियो । वात्सल्या विद्या निकेतनले ६९ रनको लक्ष्य दियो । यद्धपी डिपीएसलाई ३६ रनमै अल आउट गर्दै वात्सल्या विद्या निकेतन ३३ रनको फराकिलो अन्तरले विजयी भयो । उक्त खेलमा आफ्नो टिमलाई जिताउन दुई ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका कबिर चौधरी प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको चौधौँ खेलमा डिस्कोभरी स्कुल र अपि विद्या निकेतन बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेको अपि विद्या निकेतनले बलिङ रोजे पनि डिस्कोभरी स्कुलद्वारा ८९ रनको लक्ष्य पायो । यद्धपी जवाफी ब्याटिङमा उत्रिएको अपि विद्या निकेतन १० ओभरको समाप्तिमा ६३ रनमै सीमित हुन पुग्यो । २६ रनको अन्तरले आफ्नो टिमलाई जित दिलाउन २ ओभरमा ९ रन खर्चेर २ विकेट लिनुका साथै ४ बलमा २ रन दिलाउन योगदान दिन सफल सफल डिस्कोभरिका कमल बिस्ट प्लेयर द म्याच घोषित भए ।
यसका साथै, आज बिहीबार नै सम्पन्न भएको प्रतियोगिताको पन्ध्रऔं खेलमा इमरेल्ड एकेडेमी र एक्सीस विद्याश्रम बिच प्रतिस्पर्धा भयो । टस जितेर बलिङ रोजेको एक्सीसलाई इमरेल्डले ५.१ ओभरमा अल आउट हुँदै मात्र १९ रनको लक्ष्य दियो । लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको एक्सीसले जम्मा पहिलो ओभर मै १० विकेटले जित हासिल गर्यो । उक्त खेलमा एक्सीसका प्रभास शाहले २ ओभरमा १ रन खर्चिँदै ३ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटलले साथ दिएका छन् ।







You must be logged in to post a comment.