ड्रिमर्स कप २०८२ को चौथो दिन पाँच खेल सम्पन्न, यी विद्यालय भए विजयी ?

ड्रिमर्स कप २०८२ को चौथो दिन पाँच खेल सम्पन्न, यी विद्यालय भए विजयी ?
प्रकाशित : :

धनगढी: ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना नारासहित क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को चौथो दिन पनि पाँच खेल सम्पन्न भएका छन्। प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा सञ्चालन भइरहेको छ ।

ड्रिमर्स कपको तेस्रो दिनको पहिलो तथा प्रतियोगिताको सोह्रौँ खेलमा दुन एकेडेमी र डिस्कोभरी स्कुल बिच प्रतिस्पर्धा भयो । टस हारेर ब्याटिङका लागि उत्रिएको डिस्कोभरी स्कुलले टस जितेको दुन एकेडेमीलाई ४२ रनको लक्ष्य दियो । दुन एकेडेमी ४ विकेटले विजयी भयो । उक्त खेलमा प्लेयर अफद म्याच घोषित भएका सन्दिप खड्काले आफ्नो टिमलाई जित दिलाउन २ ओभरमा ९ रन खर्चेर ३ विकेट लगेका थिए र ब्याटिङ तर्फ ११ बलमा १८ रन जोड्न सफल भएका थिए ।

यस्तै, सोही खेलमा डिस्कोभरीले हार व्यहोर्नु परे पनि डिस्कोभरिका बलर अभिषेक रोकायाले उत्कृष्ट प्रदर्शन गर्दै १ ओभरमा ३ विकेट अर्थात् ह्याट्रिक विकेट लिँदै प्रतियोगिताको पहिलो ह्याट्रिक विकेट लिने खेलाडी बनेका थिए ।

यस्तै, प्रतियोगिताको सत्रौँ खेलमा वइस्टर्न क्रिस्टल र त्रिभुवन मा.वि बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङमा उत्रिएको वइस्टन क्रिस्टलले त्रिभुवन मा.वि लाई ११७ रनको राम्रो लक्ष दिन सफल भयो । लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको त्रिभुवन मा.वि ४१ रनमा समेटियो । भने आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ १८ बलमा ३२ रन र बलिङ तर्फ २ ओभरमा १० रन खर्चिँदै २ लिन सफल प्रदीप महत प्लेयर अफ द म्याच घोषित भए ।

ड्रिमर्स कप २०८२

त्यस्तै, प्रतियोगिताको अठारौँ खेलमा वात्सल्या विद्या निकेतन र एक्सिस विद्याश्रम बिच प्रतिस्पर्धा भयो । जसमा टस जितेर ब्याटिङका लागि मैदान प्रवेश गरेको वात्सल्या विद्या निकेतनले ८३ रनको लक्ष्य दियो । लक्ष्य पच्छाउने क्रममा एक्सीस विद्याश्रम ५४ रनमा समेटियो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन वात्सल्याका महेस विष्टले १ ओभरमा ३ रन खर्चिँदै २ महत्त्वपूर्ण विकेट लिएका थिए भने ब्याटिङ तर्फ २० बलमा २५ रनको पारी खेल्दै प्लेयर अफ द म्याच घोषित भए ।

ड्रिमर्स कप २०८२

यस्तै, प्रतियोगिताको उन्नाइसौँ खेलमा चैतन्य पाठशाला र इमरल्ड एकेडेमी बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेर फिल्डीङका लागि मैदानमा उत्रिएको इमरल्डले ११७ रनको विशाल लक्ष्य पायो । जवाफी ब्याटिङमा उत्रिएको इमरल्डले आफ्ना सम्पूर्ण विकेट ३६ रनमा गुमाउन पुग्यो । आफ्नो टिमलाई फराकिलो जित दिलाउन सफल भएका राजन बोहराले ब्याटिङ तर्फ २६ बलमा ४७ रन जोड्न सफल भए र बलिङ तर्फ २ ओभरमा ७ रन दिएर ३ विकेट लिन प्लेयर द म्याच हुन सफल भए ।

ड्रिमर्स कप २०८२

यसका साथै, आज शुक्रवार सम्पन्न भएको प्रतियोगिताको बिसऔं खेलमा अपि विद्या निकेतन र होली ल्याण्ड बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङ रोजेको होली ल्याण्डले प्रतिस्पर्धी अपि विद्या निकेतनलाई ६४ रनको रनको लक्ष्य दियो । उक्त लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको अपि विद्या निकेतन जम्मा २६ रनमा समेटियो । उक्त खेलमा होली ल्याण्डका प्रदीप बि.क ले एक ओभरमा एक रन खर्चिँदै ४ महत्त्वपूर्ण विकेट लिए भने ब्याटिङ तर्फ १५ बलमा १३ रन जोडी प्लेयर अफ द म्याच घोषित हुन सफल भए ।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटलले साथ दिएका छन् ।

ड्रिमर्स कप २०८२

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट