ड्रिमर्स कप २०८२ को पाँचौँ दिन: पाँच खेल सम्पन्न, कुन टिमको प्रदर्शन कस्तो रह्यो ?

ड्रिमर्स कप २०८२ को पाँचौँ दिन: रोमाञ्चक प्रतिस्पर्धा, कुन-कुन टिम भए विजयी ?
प्रकाशित : :

धनगढीः ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को पाँचौँ दिन पनि पाँच खेल सम्पन्न भएका छन्। प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा सञ्चालनरत छ ।

ड्रिमर्स कपको पाँचौँ दिनको पहिलो तथा प्रतियोगिताको एक्काइसौँ खेलमा धनगढी प्रज्ञा सदन (डिपिएस) र एक्सीस विद्याश्रम बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङ रोजेको डिपिएसले एक्सीसलाई ३९ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको एक्सीसले ७.२ ओभरको समाप्तिमा ६ विकेटले जित हासिल गर्न सफल भयो । उक्त खेलमा एक्सीसका कृश बोगटीले आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ ९ बलमा ७ रन र बलिङ तर्फ २ ओभरमा ७ रन खर्चेर २ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, प्रतियोगिताको बाइसौँ खेलमा चैतन्य पाठशाला र वाधसल्या विद्या निकेतन बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङमा उत्रिएको चैतन्य पाठशालाले वाधसल्यलाई ४७ रनको लक्ष दिन सफल भयो । लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको वाधसल्यले ७ विकेटले जित्न सफल भयो । भने आफ्नो टिमलाई जित दिलाउन २ ओभरमा ५ रन खर्चिँदै ३ विकेट लिन सफल भियाप राना प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै, प्रतियोगिताको त्याइसौं खेलमा इमरल्ड एकेडेमी र सिद्धार्थ विद्या निकेतन बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङका लागि मैदान प्रवेश गरेको सिद्धार्थ विद्या निकेतनले इमरल्डलाई १२५ रनको फराकिलो लक्ष्य दियो । लक्ष्य पच्छाउने क्रममा इमरल्ड एकेडेमी ५१ रनमै समेटियो। उक्त खेलमा आफ्नो टिमलाई ७३ रनको अन्तरले जित दिलाउन सफल सिद्धार्थका सुलोप कुँवरले २ ओभरमा ६ रन खर्चेर महत्त्वपूर्ण ५ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, प्रतियोगिताको चौबिसौँ खेलमा अपि विद्या निकेतन र दुन एकेडेमी बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेर फिल्डीङका लागि मैदानमा उत्रिएको दुन एकेडेमीले ९३ रनको लक्ष्य भेट्टायो । जवाफी ब्याटिङमा उत्रिएको अपि विद्या निकेतनले आफ्नो टिमलाई १ रनले जित दिलाउन सफल भयो भने अपिका सुमित महतले २ ओभरमा ११ रन खर्चिँदै २ विकेट लिएर प्लेयर द म्याच हुन सफल भए ।

यसका साथै, आज शनिवार सम्पन्न भएको प्रतियोगिताको पच्चिसौं खेलमा त्रिभुवन मा.वि र डिस्कोभरी स्कुल बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएको त्रिभुवनले डिस्कोभरिलाई ८१ रनको रनको लक्ष्य दियो । उक्त लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको डिस्कोभरी ८ विकेट गुमाउँदै जम्मा ४९ रनमा समेटियो भने त्रिभुवन मा.वि ३१ रनको अन्तरले विजयी हुन पुग्यो । उक्त खेलमा त्रिभुवनका भुपेस भट्ट ब्याटिङ तर्फ १२ बलमा १५ रन र बलिङ तर्फ २ आभेरमा ३ रन खर्चिँदै २ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित हुन सफल भए ।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटलले साथ दिएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट