धनगढी: ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को छैटौँ दिन पनि पाँच खेल सम्पन्न भएका छन्। प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा सञ्चालनरत छ ।
ड्रिमर्स कपको छैटौँ दिनको पहिलो तथा प्रतियोगिताको छब्बिसौँ खेलमा धनगढी प्रज्ञा सदन (डिपिएस) र चैतन्य पाठशाला बिच प्रतिस्पर्धा भयो । टस हारेर ब्याटिङका लागि मैदान प्रवेश गरेको चैतन्य पाठशालाले डिपिएसलाई ८९ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको डिपिएस २३ रनमै अल आउट हुन पुग्यो भने चैतन्यले ६५ रनको फराकिलो अन्तरले जित हात पार्यो । उक्त खेलमा चैतन्यका आयुस देउवाले आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ १९ बलमा १६ रन र बलिङ तर्फ १ ओभरमा ५ रन खर्चेर २ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको सत्ताइसौं खेलमा सिद्धार्थ विद्या निकेतन र एक्सीस विद्याश्रमका बिच प्रतिस्पर्धा भयो । टस हारेर पहिले ब्याटिङ उत्रिएको एक्सीस विद्याश्रमले सिद्धार्थलाई ८९ रनको लक्ष दिन सफल भयो । लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको सिद्धार्थ विद्या निकेतन अल आउट हुँदै ४० रनमै समेटियो भने एक्सीस ४८ रनको अन्तरले जित्न सफल भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ १३ बलमा ३३ रन जोडे भने बलिङ तर्फ १.२ ओभरमा ७ रन खर्चिँदै २ विकेट लिन सफल कृश बोगटी प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, प्रतियोगिताको अट्ठाइसौँ खेलमा अपि विद्या निकेतन र वइस्टर्न क्रिस्टल एकेडेमी बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङका लागि मैदान प्रवेश गरेको वइस्टर्न क्रिस्टलले अपिलाई १४१ रनको फराकिलो लक्ष्य दियो । लक्ष्य पच्छाउने क्रममा अपिले ७९ रन मात्रै बनाउन सफल भयो भने वइस्टर्न क्रिस्टल एकेडेमी ६१ रनको अन्तरले विजयी हुन सफल भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन सफल वइस्टर्न क्रिस्टल एकेडेमीका अम्रित थापाले ब्याटिङ तर्फ १६ बलमा ५३ रन जुन प्रतियोगिताको छक्का प्रहार गर्ने खेलाडी समेत बनेका थिए र उनले बलिङ तर्फ २ ओभरमा ८ रन खर्चेर १ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको उनन्तिसौँ खेलमा त्रिभुवन मा.वि र दुन एकेडेमी बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको त्रिभुवनले दुन एकेडेमीलाई ६२ रनको लक्ष्य दियो । यद्धपी जवाफी ब्याटिङमा उत्रिएको दुन एकेडेमीले ६.१ ओरमा त्रिभुवनलाई अल आउट गर्दै ६ विकेटको जित सुनिश्चित गर्न सफल भयो । उक्त खेलमा दुनका सन्दिप खड्काले ब्याटिङ तर्फ १९ बलमा ३७ रन आर्जन गरे र बलिङ तर्फ २ ओभरमा७ रन खर्चिँदै २ विकेट लिएर प्लेयर द म्याच हुन सफल भए ।
यसका साथै, आज आइतबार सम्पन्न भएको प्रतियोगिताको तिसौँ खेलमा डिस्कोभरी स्कुल र होलील्याण्ड स्कुल बिच प्रतिस्पर्धा भयो । टस जितेर ब्याटिङका लागि मैदानमा उत्रिएको होलील्याण्ड स्कुलले डिस्कोभरिलाई ४९ रनको रनको लक्ष्य दियो । उक्त लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको डिस्कोभरी होलिल्याण्डलाई ७ विकेटले पराजित गर्दै विजयी भयो । उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ नट आउट रहँदै २४ रन आर्जन गरे भने बलिङ तर्फ २ आभेरमा ४ रन खर्चिँदै २ विकेट विकेट लिएका डिस्कोभरिका ललित बोहरा प्लेयर अफ द म्याच घोषित हुन सफल भए ।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क र हेल्थ पार्टनर सिपी हस्पिटलले साथ दिएका छन् ।






You must be logged in to post a comment.