एसपीए एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न, दुर्गा भवानी र मोहन्याल प्रदेशस्तरका लागि छनोट

एसपीए एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न, दुर्गा भवानी र मोहन्याल प्रदेशस्तरका लागि छनोट
प्रकाशित : :

धनगढी: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रमअन्तर्गत कैलाली जिल्ला फुटबल संघले आयोजना गरेको स्वर्गीय खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आचार्य र साईमन योञ्जनको स्मृतिमा गरिएको एसपीए कलेज एन्फा यू–१४ छात्रा/छात्र अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८२ सम्पन्न भएको छ।

एसपीए एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न, दुर्गा भवानी र मोहन्याल प्रदेशस्तरका लागि छनोट

आज भएको छात्रा समूहको फाइनलमा दुर्गा भवानी मा.वि. ले कान्ति राज्य लक्ष्मी मा.वि. लाई ३–० ले पराजित गर्दै शीर्ष स्थान हात पार्यो। छात्र समूहतर्फ मोहन्याल मा.वि. ले सत्यावती एकेडेमी लाई ५–० को फराकिलो अन्तरले हराउँदै जिल्ला विजेता बन्दै प्रदेशस्तरिय एन्फा यू–१४ छात्रा/छात्र अन्तर विद्यालय फुटबल प्रतियोगिताका लागि चयन भएको छ।

एसपीए एन्फा यू–१४ फुटबल प्रतियोगिता सम्पन्न, दुर्गा भवानी र मोहन्याल प्रदेशस्तरका लागि छनोट

समापन समारोहमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोक बहादुर खड्का, सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावद, कैलाली हस्पिटल प्रालिका सिनियर डा. विवेक राज जोशी विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता कैलाली जिल्ला फुटबल संघका कार्यवाहक अध्यक्ष रज बहादुर थापा ले गरेका थिए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट