धनगढी: क्रिकेटको सहर धनगढीमा जारी ड्रिमर्स कप २०८२ को आठौँ दिन चार खेल सम्पन्न भएका छन्। ‘टाइनी क्रिकेटर्स, बिग ड्रिम’ अर्थात् साना क्रिकेटर, ठुला सपना भन्ने नारासहित प्रतियोगिता धनगढी क्रिकेट एकेडेमी (डिसिए) को खेल मैदानमा भइरहेको छ ।
२ मंसिर २०८२, मंगलवार ड्रिमर्स कपको आठौँ दिनको पहिलो तथा प्रतियोगिताको पैतिसौं खेलमा सत्यवती एकेडेमी र विसडम एकेडेमी बिच प्रतिस्पर्धा भयो । टस जित्दै सत्यवतीले बलिङ रोजेपछि पहिले ब्याटिङका लागि मैदान प्रवेश गरेको विसडमले सत्यवतीलाई ४३ रनको लक्ष्य दियो । जवाफी ब्याटिङका क्रममा सत्यवतीले ८.३ ओभरको समाप्तिमा ४ विकेटले जित्न सफल भयो । उक्त खेलमा सत्यवतीका सन्देश बोगटीले आफ्नो टिमलाई जित दिलाउन २ ओभरमा ९ रन खर्चिँदै महत्त्वपूर्ण ३ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै, प्रतियोगिताको छत्तीसौँ खेलमा विद्याभुषण र सिसिएस बिच प्रतिस्पर्धा भयो । टस जित्दै सिसिएसले बलिङ रोजेपछि पहिले ब्याटिङका लागि मैदान प्रवेश गरेको विद्याभुषणले सिसिएसलाई ९७ रनको लक्ष्य दियो । विद्याभुषणले खेलको दासौं ओभरमा ८ रनको अन्तरले सिसिएस विरुद्ध जित हासिल गर्न सफल भयो । उक्त खेलमा विद्याभुषणका आदर्श बोहराले आफ्नो टिमलाई जित दिलाउन ब्याटिङ तर्फ नट आउट रहँदै २५ बलमा ४६ रन आर्जन गरे र बलिङ तर्फ २ ओभरमा २२ रन खर्चिँदै १ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
त्यस्तै, प्रतियोगिताको सैतिसौँ खेलमा स्वर्णिम शिक्षा र एरिष्टो स्कुल बिच प्रतिस्पर्धा भयो । टस जित्दै स्वर्णिम शिक्षाले बलिङ रोजेपछि पहिले ब्याटिङका लागि मैदान प्रवेश गरेको एरिष्टो स्कुलले स्वर्णिमलाई १०१ रनको लक्ष्य दियो । एरिष्टोले खेलको ८.४ ओभरमा आई पुग्दा स्वर्णिमलाई अल आउट गर्दै ६५ रनको अन्तरले जित हासिल गर्न सफल भयो । उक्त खेलमा आयुष क्षेत्रीले आफ्नो टिमलाई जित दिलाउन २ ओभरमा १२ रन खर्चिँदै ३ महत्त्वपूर्ण विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए ।
यसै गरी आज मंगलबार भएको प्रतियोगिताको अठ्तीसौं खेलमा एभिएन र ग्लि एकेडेमी बिच प्रतिस्पर्धा भयो । उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको एभिएनले ग्लिलाई एक सय रनको लक्ष्य दियो । जबाफी ब्याटिङमा उत्रिएको ग्लि एकेडेमी ८.३ ओभरको समाप्तिमा अल आउट हुँदै ३४ रनमै समेटियो । भने आफ्नो टिमलाई ६९ रनको फराकिलो अन्तरले जित दिलाउन सफल एभिएनका कमल विष्टले २ ओभरमा २ रन खर्चिँदै ३ विकेट लिँदै प्लेयर द म्याच भए ।
प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल र ड्रिमर्स कप इमर्जिङ प्लेयर स्पन्सर जीवन आर्ट्स ले साथ दिएका छन् ।





