धनगढी : ‘ड्रिमर्स कप २०८२’ को फाइनलमा सत्यवती एकेडेमी र वेस्टर्न क्रिस्टल एकेडेमी प्रवेश गरेका छन्। शनिवार सम्पन्न सेमिफाइनल चरणका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टिम उपाधि भिडन्तका लागि तयार भएका हुन्।
‘गो ड्रिमर्स’को आयोजनामा क्रिकेटको सहर धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (DCA) मैदानमा ‘टाइनी क्रिकेटर्स, बिग ड्रीम’ अर्थात् ‘साना क्रिकेटर, ठूला सपना’ भन्ने नारासहित जारी प्रतियोगिताको फाइनल आइतबार बिहान १० बजे हुनेछ।
- पहिलो सेमिफाइनल: सत्यवती ६ विकेटले विजयी
ड्रिमर्स कपको १२ औँ दिन शनिवार भएको पहिलो सेमिफाइनलमा वात्सल्या एकेडेमी र सत्यवती एकेडेमी आमनेसामने भएका थिए। टस जित्दै वात्सल्याले पहिले ब्याटिङ रोजेको थियो। निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५३ रनको लक्ष्य सत्यवतीलाई दियो।
लक्ष्य पच्छ्याउन उत्रिएको सत्यवती एकेडेमीले मजबुत ब्याटिङ प्रदर्शन गर्दै ६ विकेटको जित हात पार्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका आदर्श थापा २८ बलमा अविजित २७ रन प्रहार गर्दै ‘प्लेयर अफ द म्याच’ बने।
- दोस्रो सेमिफाइनल: वेस्टर्न क्रिस्टल ५ विकेटले विजयी
यस्तै, दोस्रो सेमिफाइनलमा वेस्टर्न क्रिस्टल एकेडेमी र एरिस्टो स्कुलबिच प्रतिस्पर्धा भयो। टस जितेर वेस्टर्न क्रिस्टलले ब्याटिङ रोज्दै १० ओभरमा ७ विकेटको क्षतिमा ८३ रनको चुनौती प्रस्तुत गर्यो।
जवाफी ब्याटिङमा उत्रिएको एरिस्टो दश ओभरको खेल सकिँदासम्म ८ विकेटमा रोकियो र वेस्टर्न क्रिस्टल एकेडेमीले ५ विकेटले जित हात पार्दै फाइनल प्रवेश गर्यो। उत्कृष्ट प्रदर्शन गर्दै अमृत थापाले १५ बलमा ४३ रन बनाएका थिए र उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
- फाइनल भिडन्त आइतबार
४ समूहका २२ सहभागी विद्यालयहरू मध्येबाट उत्कृष्ट खेल कौसल प्रस्तुत गर्दै सेमिफाइनल जित सँगै समूह ‘ए’ बाट सत्यवती एकेडेमी र समूह ‘डी’ बाट वेस्टर्न क्रिस्टल एकेडेमी उपाधि भिडन्तका लागि तयार भएका छन्। अब आइतबार हुने रोमाञ्चक फाइनलमा ड्रिमर्स कप २०८२ को विजेता र उपविजेता टुंगो लाग्नेछ।
प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल र ड्रिमर्स कप इमर्जिङ प्लेयर स्पन्सरका रूपमा जीवन स्टिकरले साथ दिएका छन् ।







You must be logged in to post a comment.