ड्रिमर्स कप २०८२को उपाधि सत्यवती एकेडेमीलाई, वेस्टर्न क्रिस्टल उपविजेता

ड्रिमर्स कप २०८२को उपाधि सत्यवती एकेडेमीलाई, वेस्टर्न क्रिस्टल उपविजेता
प्रकाशित : :

धनगढी: ‘ड्रिमर्स कप २०८२’ को विजेता सत्यवती एकेडेमी हुन सफल भएको छ । आइतबार धनगढी क्रिकेट एकेडेमीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा वेस्टर्न क्रिस्टल एकेडेमीलाई पराजित गर्दै सत्यवती विजेता बन्न सफल भएको हो ।

‘गो ड्रिमर्सको आयोजनामा गत कार्तिक २५ गते देखी मंसिर ७ गते सम्म ‘टाइनी क्रिकेटर्स, बिग ड्रीम’ अर्थात् ‘साना क्रिकेटर, ठुला सपना’ भन्ने नारासहित १३ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा सेमिफाइनल र फाइनल गरी ५३ खेल खेलाइएका थिए ।

ड्रिमर्स कप २०८२को उपाधि सत्यवती एकेडेमीलाई, वेस्टर्न क्रिस्टल उपविजेता

ड्रिमर्स कपको अन्तिम दिन आइतबार भएको खेलमा ४ समूहका २२ सहभागी विद्यालयहरू मध्येबाट उत्कृष्ट खेल कौसल प्रस्तुत गर्दै समूह ‘ए’ बाट सत्यवती एकेडेमी र समूह ‘डी’ बाट फाइनल प्रवेश गरेको वेस्टर्न क्रिस्टल एकेडेमी उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको वेस्टर्न क्रिस्टल एकेडेमीले ८.२ ओभरको पारी खेल्ने क्रममा अल आउट हुँदै सत्यवती एकेडेमीलाई मात्र ३८ रनको टार्गेट दिन सक्यो ।

खेलको दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको सत्यवतीले ८.४ ओभरमा ३८ रनको लक्ष्य पुरा गर्दै ४ विकेटले जित्न सफल भयो । भने उक्त खेलमा आफ्नो टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका आशिष वि.क खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यस सँगै प्रतियोगिताको विजेता टोलीले नगद बाइस हजार दुई सय बाइस रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एघार हजार एक सय एघार रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू क्रमशः प्लेयर अफ द सिरिज सत्यवती एकेडेमीका सन्देश बोगटीलाई साइकल र ट्रफी, बेस्ट ब्याट्सम्यान वइस्टर्न क्रिस्टल एकेडेमीका १५० रन प्रहार गर्ने खेलाडी कपिल जोशीलाई क्रिकेट ब्याट र ट्रफी, बेस्ट बलर सत्यवतीका ११ विकेट लिने खेलाडी आदर्श थापालाई जुत्ता र ट्रफी र प्रतियोगिताका उदयमान खेलाडी डिस्कोभरि स्कुलका रितिप चलाउनेलाई टेनिस क्रिकेट किट सेट र ट्रफी प्रदान गरिएको आयोजक गो ड्रिमर्सले जनाएको छ ।

सो अवसरमा विजेता सत्यवती एकेडेमीका कप्तान आदर्श थापाले प्रतियोगिता आयोजना गरी खेल्ने अवसर प्रदान गर्ने गो ड्रिमर्स प्रति आभार प्रकट गर्दै यो प्रतियोगितामा खेल्न पाउँदा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको भन्दै आउँदा दिनमा अझै उत्कृष्ट प्रदर्शनका लागि अभ्यास गर्ने बताए ।

त्यस्तै, विजेता सत्यवती एकेडेमीका सञ्चालक बिर बहादुर कडायतले प्रतियोगिताले बाल खेलाडीहरू लाई निकै राम्रो अवसर प्रदान गरेको र निष्पक्ष ढंगले प्रतियोगिता सञ्चालन गरेकोमा धन्यवाद दिएका छन् ।

प्रतियोगिताको समापन समारोहका विशिष्ट अतिथि एसपीए कलेजका क्याम्पस प्रमुख बुधराम चौधरीले बाल खेलाडीहरूको खेल कौसल देखेर मन प्रफुल्लित भएको बताउँदै सफल खेल जीवनको शुभकामना व्यक्त गरे ।

यस्तै, प्रतियोगिताको समापन समारोहका विशिष्ट अतिथि धनगढी उप-महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज बहादुर ऐरले बाल खेलाडीहरू को खेल कौशल र उनीहरू ले प्राप्त गरेको यो अवसर नियाल्दै गर्दा आफूले बालापनमा डण्डिवियो खेलेको याद लिएको बताउँदै आगामी दिनमा आयोजक संस्था र जिल्ला क्रिकेट संघ सँग सहकार्य गर्दै ग्रासरुट लेबलका बाल खेलाडीहरूका लागि प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताए ।

त्यस्तै, प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवं कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले विजेता र उप-विजेता दुइटै टिमलाई बधाई ज्ञापन गर्दै अहिले क्रिकेट रहर र स्वास्थ्यका लागि मात्रै नभई व्यवशायीक हुँदै गइरहेको परिपेक्षमा यो प्रतियोगिताले बाल खेलाडीहरू लाई व्यवशायीक क्रिकेटको अभ्यास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरा रोमाञ्चक खेल प्रदर्शनले देखाएको बताएका छन् ।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू क्रमशः सत्यवती एकेडेमीका सन्देश बोगटी प्लेयर अफ द सिरिज भए, वइस्टर्न क्रिस्टल एकेडेमीका कपिल जोशी बेस्ट ब्याट्सम्यान, सत्यवतीका आदर्श थापा बेस्ट बलर र डिस्कोभरि स्कुलका रितिप चलाउने प्रतियोगिताका उदयमान खेलाडी बन्न सफल भएका छन् ।

यसका साथै प्रतियोगिताका संयोजक एवं धनगढी क्रिकेट एकेडेमीका म्यानेजर सन्दीप भट्टले बाल क्रिकेटरहरू को विकासका लागि आयोजना गरेको प्रतियोगिता सफल रूपमा आयोजन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सहभागी विद्यालयका खेलाडी, प्रतिनिधि सहयोगी संघ संस्था एवं प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबै धन्यवादका पात्र भएको बताउँदै ड्रिमर्स कपमा आफ्नो खेल कौशल प्रस्तुत गरेका खेलाडीहरू आगामी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्न सकुन् भन्ने विश्वासका साथ शुभकामना व्यक्त गरे ।

प्रतियोगिता आयोजनका लागि आयोजक गो ड्रिमर्सलाई ड्रिमर्स कप २०८२ को मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, बेष्ट ब्याटस्म्यान र प्लेयर अफ द म्याच प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, प्लेयर अफ द सिरिज स्पन्सर महाबौद्ध फार्मेसी सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वर्ल्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल र ड्रिमर्स कप इमर्जिङ प्लेयर स्पन्सरका रूपमा जीवन स्टिकरले साथ दिएका छन् ।

https://www.facebook.com/DreamersCup

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट