कैलाली उद्योग वाणिज्य संघका सदस्य जोशीद्वारा शपथ ग्रहण

कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य देवराज जोशीले आइतबार शपथ ग्रहण गरेका छन्।
प्रकाशित : :

धनगढी। कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य देवराज जोशीले आइतबार शपथ ग्रहण गरेका छन्। स्वास्थ्य समस्या भएकाले उनी अन्य पदाधिकारीभन्दा करिब एक महिना ढिलोगरी शपथ ग्रहण गर्नुपरेको हो।

जोशीलाई संघका नवनिर्वाचित अध्यक्ष पुष्कर राज ओझाले शपथ गराए। शपथ ग्रहण कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

संघका सदस्य प्रेमबहादुर धामीका अनुसार जोशी स्वास्थ्यमा समस्या आएपछि उपचाररत थिए। स्वास्थ्य स्थिति सुधारसँगै आज औपचारिक रूपमा शपथ ग्रहण गरिएको उनले बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट