धनगढी : सुदूरपश्चिम महोत्सव २०८२ अर्थात सुदूरपश्चिम महोत्सवको १९ औं श्रृङ्खलाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल सहभागी हुने भएका छन्। आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार गभर्नर पौडेललाई समारोहका विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरिएको छ।
संघले महोत्सवका क्रममा आयोजना हुने “आर्थिक बहस” कार्यक्रममा समेत डा. पौडेललाई मुख्य वक्ताका रूपमा आमन्त्रण गरेको जनाएको छ। आयोजकका अनुसार आर्थिक विषयमा उनको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण मध्ये एक रहने अपेक्षा गरिएको छ।
यही मंसिर २२ गते देखी धनगढी १ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको संघले जनाएको छ।





