सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख प्रशासकिय अधिकृत बलायर सह-सचिवमा बढुवा

सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख प्रशासकिय अधिकृत बलायर सह-सचिवमा बढुवा
प्रकाशित : :

धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख प्रशासकिय अधिकृत प्रकाश बहादुर बलायर सह–सचिव पदमा बढुवा भएका छन्। क्याम्पस व्यवस्थापन समितिको निर्णयअनुसार उनलाई उप–सचिवबाट सह–सचिवमा बढुवा गरिएको हो, जुन माघ १ गतेदेखि लागू हुनेछ।

आज आयोजित कार्यक्रममा क्याम्पस प्रमुख बुद्धराम चौधरीले बलायरलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै शैक्षिक तथा प्रशासनिक दक्षताका आधारमा गरिने बढुवाले कर्मचारीको मनोबल बढ्ने बताए।

बढुवाप्रति आभार व्यक्त गर्दै बलायरले आगामी दिनमा आफ्नो अनुभव र प्रशासनिक दक्षता प्रयोग गरी क्याम्पसको समग्र उन्नयनमा सक्रिय रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट