सिरुपाते जुँगाले तताउँदै संगीत बजार, खेम मोक्तानको नयाँ गीतमा दर्शकको चासो

सिरुपाते जुँगाले तताउँदै संगीत बजार, खेम मोक्तानको नयाँ गीतमा दर्शकको चासो
प्रकाशित : :

काठमाडौं : नेपाली संगीत बजारमा मीठो नयाँ गीत ‘सिरुपाते जुँगा’ सार्वजनिक भएको छ । शब्द कुमार स्याङबा को कलमबाट जन्मिएको यो गीतमा संगीत चन्द्र कुमार दोङ ले भरेका छन् भने एरेन्ज नोर्बु शेर्पा ले थप ऊर्जा दिएका छन्।

गीतमा गायक खेम मोक्तान र गायिका सुमिना लो को दमदार स्वरले गीतलाई अझै आकर्षक बनाएको छ। दिपेश प्रधान द्वारा मिक्सिङ गरिएको गीत दिप स्टुडियो, बौद्ध मा रेकर्ड गरिएको हो।

भिडियो पक्ष पनि उत्तिकै सशक्त देखिएको छ। भिडियो निर्देशन प्रतिक ङेश्युर ले गरेका छन् भने सह–निर्देशकका रूपमा अजय थिङ रहेका छन्। भिडियोमा खेम मोक्तान को नयाँ अवतारसँगै याङगि दोङ को आकर्षक अभिनय देख्न सकिनेछ।

क्यामेराको जिम्मा त्रिलोक लामा ले सम्हालेका छन् भने सम्पादन तथा कलरिङ अमृत चापागाई ले गरेका छन्। संगीत, शब्द र दृश्यको बलियो संयोजनले बनेको ‘सिरुपाते जुँगा’ न ले दर्शक र श्रोतामाझ चर्चा बढाइरहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट