गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक

गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक
प्रकाशित : :

धनगढीः गायक रविन एसकेको नयाँ गीत ‘यो मनकी रानी’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक रविन एसकेकै स्वर, शब्द र संगीत रहेको छ । गीतका एरेन्ज र रेकर्डिस्ट मनिष घर्ती मगर रहेका छन् । गीतको भिडियोको कोरियोग्राफी खगेन बिसीले गरेका छन् । सो भिडियो छायांकन जहित बुढा गरेका छन् भने भिडियोको सम्पादन पीआर जोशीले गरेका छन् ।

सुरेन्द्र संगम बिसी ‘डोट्याल बड्डो’को निर्देशनमा तयार भएको भिडियोमा रविन एसकेसँगै लक्ष्मी साउँद, सुरेश महत्रा क्षेत्री र अनुष्का मगरको आकर्षक अभिनय रहेको छ । गीतमा युवा–युवतीबीचको प्रेमभावलाई प्रस्तुत गरिएको छ । गितले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गायक रविन एसकेको छ । उनले यसअघि “धनगढी सहर“ गीत सार्वजनिक गरेका थिए । सो गीतलाई दर्शक स्रोताले निकै रुचाएका थिए ।

उक्त म्युजिक भिडियो ‘Rabin SK’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट