धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा बागमारा स्पोटर्स क्लब लम्कीलाई ३ – ० गोल अन्तरले पारजित गर्दै संघर्ष युवा क्लब गोदावरी फाइनल प्रवेश गरेको हो ।
पहिलो हाफमा १ गोल गरेको संघर्ष युवा क्लब गोदावरीले दोश्रो हाफमा थप २ गोल गर्यो । संघर्षका लागि पहिलो हाफको २७औं मिनेटमा आदित्य बडुवालले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोश्रो हाफको ६९औं मिनेटमा तिलक कडायतले गोल गर्दै संघर्ष युवा क्लब गोदावरीले अग्रता दोब्बर बनायो । थपिएको समयमा प्रकाश शाहीले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलको म्यान दी म्याच आयुष महर चुनिए ।
खेल अविधिभर ५ पहेलो कार्ड पाएको संघर्ष युवा क्लब गोदावरीका लागि खेलको अन्त्यतिर कप्तान दिपक अधिकारीले रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । खेल भावना विपरित प्रस्तुत भएको भन्दै संघर्ष युवा क्लब गोदावरीका लागि टिम म्यानेजर भुपेश श्रेष्ठ र सहायक प्रशिक्षक दिनेश नेपालीले पनि पहेंलो कार्ड पाए । बागमारा स्पोटर्स क्लब लम्कीका लागि अर्जुन शाहीले पहेंलो कार्ड पाए ।
बागमारा स्पोटर्स क्लब लम्कीका लागि कुनैपनि खेलाडीले गोल गर्न सकेनन । दोश्रो हाफमा गोल गर्ने केहि मौका सिर्जना गरेपनि गोल हुन नसक्दा बागमारा सेमिफाइनलबाटै बाहिरिएको छ ।
संघर्ष युवा क्लब गोदावरीलले अब उपाधिका लागि गौरीगंगा ११ स्पोटर्स क्लब र साहारा युवा क्लब पहलमानपुरको विजेतासँग खेल्नेछ ।
कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी थिए ।
पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।
साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।















