धनगढी : धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा सहारा युवा क्लब पहलमानपुर फाइनलमा प्रवेश गरेको छ । विहिबार सम्पन्न दोश्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबलाई टाइबे्रकरमा ५–४ ले पराजित गर्दै सहारा फाइनलमा पुगेको हो । सहारा युवा क्लब पहलमानपुरले अब उपाधिका लागि सनिबार संघर्ष युवा क्लब गोदावरीसँग खेल्नेछ ।
धनगढी रंगशालामा सम्पन्न दोश्रो सेमिफाइनलको ९० मिनेटभित्रै कुनैपनि टोलीले गोल गर्न नसक्दा खेलको नतिजा टाइबे्रकरमा धकेलिएको थियो । टाइबे्रकरमा सहारा युवा क्लब पहलमानपुरले गौरीगंगा ११ स्पोटर्स क्लब विरुद्ध ५–४ बाजी मार्दै उपाधि नजिक पुगेको छ । खेलमा सहारा क्लबका लागि जर्सि न.४ का खेलाडि दिपेश शाही म्यान अफ दी म्याच चुनिदै नगद एक हजार र ट्रफी जित्न सफल भए ।
विहिबार सम्पन्न पहिलो सेमिफाइनलमा संघर्ष युवा क्लब गोदावरीले बागमारा स्पोटर्स क्लब लम्कीलाई ३ – ० गोल अन्तरले पराजित गर्दै फाइनलको टिकट पक्का गरेको हो ।
कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी थिए ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।
साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद सहित ट्रफी प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।

















You must be logged in to post a comment.